अमेरिकालाई टर्कीले दियो यस्तो चेतावनी
- शनिबार, २ भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

इस्तानबुल, टर्की । अमेरिकाले टर्कीविरुद्ध थप प्रतिवन्ध लगाएमा यसको उचित जवाफ दिने टर्कीले शुक्रबार बताएको छ ।
अमेरिकी धर्मगुरुलाई टर्कीले पक्राउ गरी कैदी बनाएपछि अमेरिका र टर्कीबीचको कुटनीतिक सम्बन्धमा समस्या आएको छ ।
अमेरिकासँगको सम्बन्धमा समस्याका कारण हालैका दिनमा टर्कीको मुद्रामा भारी गिरावट देखिएको छ ।
टर्कीका व्यापारमन्त्री रूहसर पेक्कानलाई उद्धृत गरी टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्यूज एजेन्सीले भनेको छ, “हामीले विश्व ब्यापार संगठनको कानूनको परिधिमा रहेर यस पहिले नै अमेरिकालाई जवाफ दिइसकेका छौँ र यसलाई निरन्तरता दिनेछौँ ।”
वासिङ्टनले अमेरिकी धर्मगुरुलाई रिहा नगर्दासम्म टर्की विरुद्ध थप प्रतिवन्धहरू लगाउने चेतावनी बिहीबार दिएको थियो ।
यसै चेतावनीको जवाफमा टर्कीका व्यापारमन्त्रीले अमेरिकाविरुद्ध उक्त चेतावनी दिएका हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 1 minute ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 12 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 36 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।