युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी
- सोमबार, २५ भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

ब्रसेल्स । संयुक्तराज्य अमेरिका र युरोपेली आयोगका उच्च अधिकारीहरु व्यापारमा देखिएका विवादहरु सुल्झाउने उपायको खोजी गर्न सोमबार ब्रसेल्समा भेला हुँदैछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करबीच जुलाईमा भएको वार्तामा एकअर्का विरुद्ध करवृद्धि नगर्ने र सबै बस्तुमा भन्सार दस्तुर हटाउने गरी सीमित व्यापार सम्झौता गर्नेमा सहमति भएको थियो ।
दुबै पक्षबीच भएको यो सहमतिलाई धुमधामसँग प्रचार गरिएको थियो, तर पछिल्ला वक्तव्यहरुले मतान्तर रहेको स्पष्ट गरेको छ, खासगरी कृषिजन्य उत्पादनका विषयमा । अमेरिकाले कुनैपनि सम्झौतामा कृषिलाई भुल्न नसकिने बताएका छन् ।
फ्रान्सको दबाबमा युरोपेली सदस्य राष्ट्रहरुले व्यापार सम्झौतामा कृषिजन्य बस्तुलाई समावेश गर्नुपर्ने भन्ने अमेरिकाको दबाबलाई अस्वीकार गरेका छन् । युरोपका वरिष्ट व्यापार अधिकारी सेसीलीया माल्स्ट्रमले आफ्ना समकक्षी अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइट्रलाई युरोपको चासोका विषयमा स्पष्ट गर्ने प्रयत्न गर्नेछन् ।
“युरोपेली आयोग र संयुक्तराज्य अमेरिकाबीच दस्तावेजको रुपरेखामा सहमति हुनेछ, र सायद यो कार्य वर्षको अन्त्यसम्ममा हुनेछ,” युरोपेली स्रोतले एएफपीलाई बतायो । “यथार्थमा, ट्रम्प र जन्करबीच सहमति भएको हो, तर हामीलाई छलफलको विस्तृत जानकारी छैन ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी मध्यावधि चुनाव अघि नै युरोपका चारपाङ्ग्रे सवारीसाधनमाथि करबृद्धि गर्ने भनी मन्तव्य दिएका थिए ।
चारपाङ्ग्रे सवारीसाधनमा हुने करवृद्धिले जर्मनीमाथि सबैभन्दा ठूलो क्षति पुग्ने अनुमान गरिएको छ । जुनमा युरोपेली स्टील र आलुमिनियममाथि लगाएको करवृद्धिले थप समस्या सिर्जना गरेको छ । प्रतिशोध स्वरुप युरोपले समेत अमेरिकी बस्तुमाथि करवृद्धि गरेको छ ।
युरोपेली आयोगकी माल्स्ट्रमले गत महिना युरोप–अमेरिकाबीच सवारीसाधनमा करवृद्धि गर्न नहुने बताएका थिए । तर अमेरिकी राष्ट्रपतिले अमेरिकी कारमाथि युरोपको बजार लगभग बन्द अवस्थामा रहेकोले पनि अमेरिका भित्रिने कारमा कर लगाउनुपरेको दाबी गरिरहेका छन् ।
“यो विल्कुलै ठीक होइन, यसलाई स्वीकार्न सकिन्न,” ब्रसेल्सको धारणाप्रति कटाक्ष गर्दै ट्रम्पले भन्नुभयो । ट्रम्पले युरोपेली आयोगलाई चीनसँग पनि तुलना गरे । उनले संयुक्तराज्य अमेरिका प्रवेश गर्ने सबै चिनीया बस्तुमाथि करवृद्धि गर्ने चेतावनी दिएका छन् ।
“युरोपेली युनियनसँगको व्यापारिक सम्बन्ध पनि चीनजस्तै खराब छ, केही सानो मात्र हो,” ट्रम्पले अगष्टमा ब्लूमबर्गलाई बताए । तर तनावमा रहेको जर्मनीको अगुवाइमा रहेका युरोपेलीहरु अमेरिका वार्ताको टेबलमा आओस् र कुनै किसिमको सम्झौता होस् भन्ने चाहन्छन् ।
जुलाईदेखि युरोपेली आयोगले अमेरिकासँग धेरैवटा प्रतिबद्धता घोषणा गरेको छ, तर पर्यवेक्षकहरुले यी प्रतिबद्धताहरु पहिल्यै सुल्झेका हुन् भनी टिप्पणी गरेका छन् । युरोपेली अधिकारीहरुले मागमा आएको तिब्र वृद्धि बजारका कारण भएको बताएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ
- 3 minutes ago

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री
- 7 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवादको समाधान हुने बताएका छन् । शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नको
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे
- 26 minutes ago

एजेन्सी । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।