अमेरिकाको प्रस्ताव रूसले स्वीकार नगर्ने
- आइतबार, ३१ भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

मस्को, रूस । रासायनिक हतियार प्रयोगबारे थप अनुसन्धानका लागि अमेरिकाले गरेको माग गैरकानूनी भएकोले यो पूरा हुन सम्भव नभएको रूसी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
अमेरिकाले एकतर्फी रूपमा अनुसन्धानका लागि गरेको माग जायज नरहेको दावी गर्दै यस विरुद्ध प्रतिकार गर्ने शुक्रबार मस्कोमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता मारिया जाखारोभाले बताए ।
अमेरिकी उप–विदेशमन्त्री मनिषा सिंहले बिहीबार यदि रूसले रासायनिक हतियारबारे स्थलगत छानविनमा सघाएमा पूर्व रूसी कुटनीतिज्ञ सर्गेइ स्क्रीपालमाथिको विषादी प्रकरणलाई लिएर रूसविरुद्ध लगाइएका प्रतिबन्धको सामना गर्नुनपर्ने बताएका थिए ।
जाखारोभाले सञ्चारमाध्यमले गरेका प्रश्नहरूको जवाफमा रूसी मन्त्रालयको वेभसाइटमा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, “एकतर्फी रूपमा आएको अमेरिकी मागलाई पक्कैपनि लागु हुन दिने छैनौ वा अमेरिकाद्वारा गैरकानूनी रूपमा राख्दै आएको मागजस्तो लाग्ने रूसी महासङ्घको भूमिमा भएका भनिएका रासायनिक हमलाबारे छानविनको शर्तलाई मान्न तयार हुने छैनौ ।”
“रासायनिक हतियार महासन्धि (सिडब्लुसी) को संरचनाभन्दा धेरै टाढा रहेको यो वा त्यो अमेरिकी आन्तरिक राष्ट्रिय ऐनको आधारमा गरिने माग रूसले मान्न बाध्य छैन ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 6 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 9 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ
- 1 hour ago

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।