अमेरिकामा आँधीको ताण्डब जारी, एक दर्जन बढीको मृत्यु

Global IME
Mega Bank
Norvic Hospital

ग्रिफ्टोन, संयुक्तराज्य अमेरिका । संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी रहेको समाचार छ । बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका छन् । 

 

दुई दिन अघिमात्र टेक्सास राज्यमा आपतकालीन स्थितिको घोषणा गरिएको थियो । सो क्षेत्रमा अहिले पनि बाढी र आँधी आइरहेका समाचारहरु प्राप्त भएका छन् । 

 

केही दिनयताको अविरल वर्षा र यसका कारण आएको व्यापक बाढीले ठूलो क्षति पुगेको छ । ती क्षेत्रमा आँधी पनि कायमै छ । आँधीले कैयौँ भौतिक संरचना उडाएको र ध्वस्त पारेको छ । 

 

टेक्सास राज्यका गभर्नर जर्ज अबोटले गत शनिबार मात्र त्यहाँका करिब ७८ काउन्टीमा आँधीको प्रभाव रहेकाले ती राज्यलाई नै आपतकालीन प्रभावित क्षेत्र घोषणा गरेका थिए । 

 

सोमबार प्राप्त समाचारमा यहाँको दक्षिणपूर्वी क्षेत्रहरुमा अविरल बाढी र आँधी जारी रहेका कारण यहाँ बाँधहरु फुट्ने र पहिरो जाने सम्भावना रहेको छ । 

 

अधिकारीहरुले प्राकृतिक प्रकोपका घटनामा अझ बृद्धि हुन सक्ने भन्दै यसप्रति सतर्कता अपनाउन पनि जोड दिएका छन् । यस प्रकोपले यहाँ अरबौँ अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिको पनि क्षति पुगेको अधिकारीहरुले बताएका छन् । 

 

आँधीका कारण अहिलेसम्म १५ जनाको ज्यान गइसकेको छ । उत्तर र दक्षिणी क्यारोलिनामा अविरल वर्षा जारी छ । वर्षाका कारण ती क्षेत्रहरुका नदीको सतह अस्वाभाविक रुपमा बढेको छ । 

 

मौसमविद्हरुले वर्षा र बाढी अझै केही समयसम्म नरोकिने भन्दै नदी किनारका बस्तीहरुमा नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

 

उनीहरुले नदीको सतह बढेर बस्तीतिर पनि पस्न सक्ने खतरा रहेको र यदि यसो भयो भने यसले ठूलो विपत्ति निम्त्याउने बताएका छन् । 

 

मौसमविद्हरुले उत्तरी क्यारोलिना र दक्षिण पश्चिमी भर्जिनियामा बाढीका कारण पहिरो आउन सक्ने बताएका छन् । साथै उनीहरुले ती क्षेत्रमा अहिलेसम्मकै भारी वर्षा भएकाले सबै सर्वसाधारण नागरिकलाई सतर्क रहन पनि आग्रह गरेका छन् । 

सरकारले ती क्षेत्रमा उद्धारका कामलाई पनि जारी राखेको बताएको छ । तर पनि भारी वर्षा र आँधीका कारण उद्धार कठिन भएको छ । आँधीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र उत्तरी क्यारोलिना हो । अधिकारीहरुले उत्तरी क्यारोलिनामा १० जना र दक्षिणी क्यारोलिनामा ५ जनाको ज्यान गएको बताएका छन् । 

अहिले नै निकै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रमा आँधीको सम्भावना अझै नटरेकाले नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ । 

 

गत वर्षको अगस्टमा पनि टेक्सासमा आएको शक्तिशाली आँधीले जनधनको ठूलो क्षति पु¥याएको थियो । टेक्सासमा गत वर्ष ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी आएको थियो । 

 

मौसम अधिकारीहरुले आँधीको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भइरहेको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल

  • 5 minutes ago
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्

'सबै पक्षसँग कुरा हुन्छ'

  • 8 minutes ago
'सबै पक्षसँग कुरा हुन्छ'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

  • 1 hour ago
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।



पर्यटन

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।