अमेरिकी विदेशमन्त्री उत्तर कोरिया जाने

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

संयुक्त राष्ट्रसङ्घ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अर्को महिना उत्तर कोरियाको भ्रमण गर्ने निश्चय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

 

उत्तर कोरियाका विदेशमन्त्री री योङ होसँग राष्ट्रसङ्घमा भएको भेट पश्चात् अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी दिएको हो । विदेशमन्त्री पोम्पोओले ट्वीट गर्दै उत्तर कोरियाली समकक्षीसँगको भेट अत्यन्त सकारात्मक रहेको बताएका छन् । 

 

उनले भने, “धेरै काम भएका छन्, तर त्योभन्दा पनि अझ अगाडि बढ्ने दुवै देशको चाहना छ ।” 

 

विदेशमन्त्री पोम्पेओ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–अनबीच दोस्रो शिखर बैठकको तयारीका लागि उत्तर कोरिया भ्रमणमा जान लागेका छन् । उत्तर कोरियाले यसअघि सिंगापुरमा भएको दुबै नेताको पहिलो शिखर बैठकमा व्यक्त प्रतिबद्धता बमोजिम आणविक कार्यक्रम बन्द गर्नुपर्ने माग अमेरिकाले राख्दै आएको छ । 

 

गत साता दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरिया भ्रमणका क्रममा आणविक कार्यक्रम बन्द गर्ने बारेमा भएका सहमतिले अमेरिका–उत्तर कोरियाबीच शिखर बैठकका लागि वातावरण बनेको बताइन्छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

  • 5 minutes ago
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

  • 16 minutes ago
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ

आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

  • 28 minutes ago
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।