संसदीय सुनुवाईः क्याभाना र फोर्डबीच आरोप प्रत्यारोप
- शुक्रबार, १२ असोज, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ब्रेट क्याभानाले त्यहाँको सिनेट न्यायिक समितिसमक्ष आफूमाथि लगाइएको यौन आक्रमणको आरोपको कडा प्रतिबाद गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिस गरेका क्याभानामाथि प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले यौनहिंसाको आरोप लगाएसँगै संसदीय समितिमा क्याभाना र फोर्डको घण्टौ लामो सुनुवाई भएको थियो ।
पहिलो सत्रमा फोर्डले समितिमा उपस्थित भएर ३६ वर्षअघि अर्थात् आफू १५ वर्षको हुँदा क्याभाना र उनका साथीले मदिरा सेवन गरी कोठामा थुनेको, कपडा खोलेको, मुख थुनेको र बलात्कार नै गर्न खोजेको आरोप लगाए । उनले भने, “त्यसबाट मलाई जीवनभर असर परेको, सुरुका वर्षहरुमा पढाइ बिग्रिएको र कसैलाई भन्न समेत डर लागेको थियो ।”
बोली अबरुद्ध पार्दै आफ्ना कुरा संसद समक्ष राखेकी प्राध्यापक फोर्डले सांसदहरुको प्रश्नको जवाफ दिँदै भने, “म क्याभानालाई राम्रोसँग चिन्थे, आज पनि चिन्छु । तिनै क्याभानाले मलाई दुव्र्यवहार गरेकोमा म शत प्रतिशत विश्वस्त छु । मैले गल्ती गरेर अर्कै व्यक्तिको नाम लिइरहेको छैन ।”
“म अत्यन्त भयभित छु,” फोर्डले भने, “मेरो जीवनमा भएको यस घटनाका बारेमा जानकारी गराउनु नागरिक कर्तव्य सम्झेर म यहाँ आएकी हुँ ।”
रिपब्लीकन पार्टीका सांसदहरु अहिले क्याभानाको पक्षमा उभिएका छन् भने फोर्डलाई डेमोक्राट पार्टीका सांसदहरुले सहयोग गरिरहेका छन् ।
क्रोध मिश्रित तर निकै भावुक मुद्रामा प्रस्तुत हुनुभएका ब्रेट क्याभानाले फोर्डको आरोपको खण्डन गर्दै भने, “फोर्डले लगाएका आरोपको म समग्र रुपमा खण्डन गर्न चाहन्छु । मैले आजसम्म कसैलाई कहिल्यै यौन आक्रमण गरेकै छैन, स्कुलमा पनि गरिनँ, कलेजमा पनि गरिनँ, र कहिल्यै त्यस्तो गरिनँ ।”
“यो आरोप मात्र हो, म पूर्णतः निर्दोष छु,” क्याभानाले भने ।
क्याभानाले आफ्नो चारित्रिक हत्या गर्नेगरी मञ्चन गरिएको हास्यास्पद नाटक रहेको बताए । “मेरो परिवार र मेरो नाम क्रुरतापूर्ण र झुटो आरोपबाट तहसनहस भएको छ । यो सुनुवाई प्रक्रिया नै राष्ट्रिय लज्जाको विषय भइसक्यो ।”
क्याभानाले भने, “तर यो प्रक्रियाबाट म मेरो नाम फिर्ता लिन चाहन्न । तपाइँहरुले मतदानबाट बरु मलाई अस्वीकार गर्न सक्नुहुन्छ तर म पछि हट्ने छैन ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याभानाले आफ्नो भनाइ प्रष्ट रुपमा राखेकामा खुशी व्यक्त गर्नुभएको छ । ट्रम्पले क्याभानाको बयान सशक्त, इमान्दार र मन छुने रहेको बताए ।
राष्ट्रपति ट्रम्पले डेमोक्रेट पार्टीको एक इमान्दार व्यक्तिमाथि दोषारोपण ठीक नभएको बताउँदै क्याभानाको नियुक्तिमा ढिलाइ गर्न, अबरुद्ध गर्न यो प्रपन्च भइरहेको दाबी गरे । उनले भने, “सिनेटले जतिसक्दो चाँडो मतदान गरोस् ।”
अमेरिकी सिनेटको न्यायिक समितिमा हाल ११ जना रिपब्लीकन र १० जना डेमोक्राट सदस्य छन् । सिनेटमा समेत रिपब्लीकनको ५१ र डेमोक्रेटको ४९ सिट छ । यद्यपी समितिले यो विषय कहिले टुङ्गो लगाउँछ भन्ने स्पष्ट भएको छैन ।
आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावमा यो संख्यामा फेरबदल हुने सम्भावना रहेकाले पनि डेमोक्रेटहरुले न्यायाधीश सुनुवाइलाई विलम्ब गरिरहेको आरोप छ ।
उनीहरुले फोर्डको आरोपका सम्बन्धमा अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) ले अनुसन्धान गर्नुपर्ने माग गरिआएका छन् ।
अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीश आजीवन उक्त पदमा रहने भएकाले पनि नियुक्तिमा विवाद हुने गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 42 seconds ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
प्रयोग नै नगरी थन्कियो दमकल
- 2 hours ago

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा
Paul Shah to be presented before court
- 2 hours ago

The High Court Pokhara has issued an order to present act Purna Bikram (Paul) Shah before the court. Shah is currently in Tanahun Jail after the Nawalpur court found him guilty in the case of child mo
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।