अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने
- बुधबार, १७ असोज, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आउँदो आइतबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नेछन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक निःशस्त्रीकरणको प्रक्रिया अगाडि बढाउने अमेरिकी अपेक्षामा यसपटक ठोस प्रगति हुनेछ ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो शिखर बैठकको तयारी पनि गर्नेछन्। त्यसपछि उनी जापान र दक्षिण कोरिया जानेछन् ।
विदेशमन्त्री पोम्पेओको उत्तर कोरियाको यो चौथो भ्रमण हुनेछ । मन्त्री पोम्पेओले यसअघि दुई पटक उत्तर कोरियाली नेता किमलाई भेटिसकेका छन् । संयुक्तराज्य अमेरिकाले उत्तर कोरियाले आफ्नो आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम अन्त्य गराउन दबाब दिइआएको छ ।
यसअघि पनि पोम्पेओले गत अगस्टमा उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गरेका थिए । तर सो भ्रमणलाई सिंगापुर बैठकमा व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ उत्तर कोरियाले आवश्यक कदम नचालेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरेका थिए ।
कमै मात्र विदेश भ्रमण गर्ने उत्तर कोरियाली नेता किम गत जुनमा सिङ्गापुरमा भएको पहिलो ऐतिहासिक शिखर बैठकमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने विषयमा द्वीपक्षीय सम्झौता भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 13 minutes ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
प्रयोग नै नगरी थन्कियो दमकल
- 2 hours ago

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा
Paul Shah to be presented before court
- 2 hours ago

The High Court Pokhara has issued an order to present act Purna Bikram (Paul) Shah before the court. Shah is currently in Tanahun Jail after the Nawalpur court found him guilty in the case of child mo
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।