जब चीनले अमेरिकामाथि यस्तो आरोप लगायो
- मंगलबार, २३ असोज, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उनका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार तातो बहस भएको छ ।
उत्तर कोरियाली आणविक निशस्त्रीकरणको बिषयलाई लिएर एसिया भ्रमणको अन्तिम दिन चीन आएका अमेरिकी कुटनीतिज्ञ पोम्पेओ र चिनियाँ विदेशमन्त्री यीले भेटमा उक्त विवादबारे परस्पर विभाजित धारणा राखेका छन् ।
“अमेरिका र चीनबीच एक अर्काले आयात गर्ने सामानमाथि अबौँ डलर बराबरको कर बढाउने निर्णयपछि अमेरिकाले व्यापार विवादबारे भ्रामक धारणालाई प्रचारमा ल्याएको छ जुन विल्कुल गलत हो,” चिनियाँ सञ्चारमाध्यमले दियायुताई गेष्ट हाउसमा भएको भेटमा विदेशमन्त्री वाङले पोम्पेओसँग राखेका विचारलाई उद्धृत गरेका छन् ।
अमेरिकाले स्वशासित प्रजातान्त्रिक उपद्वीप ताइवानमा चीनविरोधी ‘श्रृङ्खलापूर्ण गतिविधि सञ्चालन गरेका’ आरोप चिनियाँ विदेशमन्त्रीले लगाए । ताइवानलाई चीनले आफ्नो विद्रोही प्रान्तका रूपमा लिँदै आएको छ । अमेरिकी गतिविधिले चीनको सार्वभौमसत्तामाथि आघात पुगेको उनले आरोप लगाए ।
यी गतिविधिले दुवै पक्षका आपसी विश्वासमाथि प्रभाव पारेको र यसले चीन–अमेरिकाबीचको सम्बन्धलाई छाँयामा पारेको र यो हाम्रा दुई देशका जनताको चासो विपरित भएको वाङको भनाई थियो ।
केही दिनपहिले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनलाई सैन्य उत्तेजना फैलाएको, व्यावसायिक चोरी गरेको, मानव अधिकार उल्लङ्घनका घटनामा बढोत्तरी गराएको र अमेरिकी निर्वाचनमा ट्रम्पविरुद्ध हस्तक्षेप गरेको लगायतका आरोप लगाएका कारण पनि चीन अमेरिकासँग खुशी छैन ।
चीनद्वारा लिएका गतिविधिप्रति अमेरिकाको बृहद् असन्तुष्टि रहेको पोम्पेओको दावी
प्रतिक्रियामा अमेरिकी विदेशमन्त्री पोम्पेओले छलफलका लागि आफु चीनमा नै आउन चाहेको बताएका थिए ।
“तपाईले सङ्केत गरेका बिषयमा अमेरिकी सरकारको फरक विचार छ, ” पोम्पेओले वाङलाई भने ।
हामीले चीनद्वारा लिएका गतिविधिप्रति हाम्रो बृहद् असन्तुष्टि रहेको छ । हरेक बिषयमा छलफल गर्ने अवसर भएमा बिषयलाई छर्लङ्ग पार्न सकिन्छ भन्ने मेरो धारणा छ, पोम्पेओले भने ।
पोम्पेओले अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिससँग यसै महिना बेइजिङमा हुनेगरी तय भएको बैठक रद्द भएकोबारे पनि चासो व्यक्त गरे ।
“मलाई दुख लगेको छ कि दुई मुलुकबीच हुने रणनीतिक महत्वको राख्ने छलफलको मार्गलाई चीनले रोक्नु मेरो विचारमा ठीक कदम थिएन ।”
तर रक्षामन्त्रीस्तरीय वार्ता चीनका कारण नरोकिएको वाङले दावी गरे । उनले आफुले रक्षामन्त्री स्तरीय वार्ता बारे भनेको कुरा नै सत्य भएको जिकिर गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 15 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 19 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप
- 28 minutes ago

मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट दुई जना मधेस प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।