अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- आइतबार, ८ जेष्ठ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । पाकिस्तानका नयाँ विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकासँग सुसम्बन्ध कायम गर्ने चाहना अभिव्यक्त गरेका छन् । अफगानिस्तानका कारण विगतमा उत्पन्न तनावबाट अमेरिका र पाकिस्तान बाहिर निस्कनुपर्ने तथा प्रधानमन्त्री इमरान खानको नेतृत्वमा वर्षौंको तनावपूर्ण सम्बन्धलाई बिर्सेर अब त्यसलाई नयाँ चरणमा प्रवेश गराउनुपर्नेमा उनले जोड दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय विश्वव्यापी खाद्य सङ्कट बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका हत्या गरिएका पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका ३३ वर्षीय छोरा बिलावल भुट्टो जरदारीले एसोसिएटेड प्रेससँगको एक अन्तर्वार्तामा आफ्नो देशले अमेरिकासँग सुसम्बन्ध कायम गर्न चाहेको बताएका हुन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग एक घण्टा लामो छलफलसहित अन्य शीर्ष कूटनीतिज्ञहरूसँग वार्ता गरेपछि उनले ती भेटवार्ता अति उत्साहजनक, सकारात्मक एवम् फलदायी भएका बताए । पाकिस्तानले संयुक्त राज्य अमेरिकासँग सबै तहमा संलग्नता कायम राख्नुपर्नेमा जोड दिँदै उनले पारस्परिक सम्पर्क र सम्बन्धका निम्ति आफूले गरेका पहिलो चरणका भेटवार्ता महत्वपूर्ण रहेका बताए।
विगतमा अफगानिस्तानका घटना, भू–राजनीतिक विचारका कारण पाकिस्तान–अमेरिका सम्बन्धमा धेरै उतारचढाव आए पनि अबको हाम्रो सम्बन्ध अझ फराकिलो, गहिरो र थप अर्थपूर्ण बनाउनेतर्फ केन्द्रित हुने समय भएको विदेशमन्त्रीले बताए ।
“हामीले अफगानिस्तानको शासनको बारेमा जेसुकै महसुस गरे पनि विश्वले अफगान जनतालाई त्याग्न सक्दैन र तुरुन्तै देशको मानवीय सङ्कट र बिग्रेको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्छ,” अफगान अर्थतन्त्रको पूर्ण पतन अफगानिस्तान, पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायको लागि विपत्ति हुने उल्लेख गर्दै उनले भने।
पाकिस्तानले तालिबानलाई आतङ्कवादको लागि आफ्नो देश प्रयोग नगर्ने, केटी र महिलाहरूले शिक्षा हासिल गर्न पाउनुपर्ने तथा समावेशी सरकार गठन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरिरहेको जानकारी पनि विदेशमन्त्री जरदारीले दिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चावहिलमा खुल्यो फिल्म तथा टीभी स्कुल
- 7 minutes ago
काठमाडौँ। अभिनेता राजेश हमाल, फिल्ममा डेब्युको तयारीमा रहेकी मोडल नीति शाह र आई आई एफ टी स्कूल अफ फेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरिओग्रफ़र बिपना थापा लगायतका कलाकारले नेसनल फिल्म एण्ड टीभी
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
- 1 hour ago

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन्। बैठकमा नयाँ सदस्यहरुक
श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ
- 1 hour ago
मोरङ। श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। रंगेली नगरपालिका– १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शुक्रबार राति ८ बजे मल्लि
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।