कठोर बन्दै अमेरिका, मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन
- शुक्रबार, ९ कार्तिक, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा थप आठ सय सैनिक परिचालन गर्ने जनाएको छ । होन्डुरस, ग्वाटेमाला र मेक्सिकोका नागरिक अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गर्दा अमेरिकाले यस्तो निर्णय गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याराभानलाई मेक्सिको सीमाभित्रै रोक्न राष्ट्रिय आपतकालको घोषणा गर्नुका साथै त्यस्तो क्याराभानलाई अमेरिका प्रवेश गर्न नदिने बताएका छन् ।
सीमामा यसअघि नै तैनाथ करिब दुई हजार सैनिकलाई पछिल्लो टोलीले मद्दत गर्नेछ । रक्षामन्त्री जीम म्याटिसले थप सैनिक परिचालन सम्बन्धी आदेशमा बिहीबार वा शुक्रबार हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।
नयाँ परिचालन गरिने सेनाको टुकडीमा चिकित्सक र इन्जिनियरहरु पनि रहनेछन् । अमेरिका–मेक्सिको सीमाको सम्पूर्ण सुरक्षा प्रबन्ध गृह विभाग (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी) ले गर्दछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्राट पार्टीले बनाएका फितला कानुनका कारण सीमामा अवैध आप्रवासीलाई रोक्न कठिन भएको दोषारोपण गरेका छन् । उनले ट्वीट गर्दै भने, “यो राष्ट्रिय आपतकालीन स्थितिलाई नियन्त्रणमा ल्याउन म सेना परिचालन गर्दैछु । उनीहरु (क्याराभान)लाई सीमामा अवश्य रोकिनेछ ।”
गत अप्रिलमा पनि ट्रम्पले दक्षिणी सीमामा सुरक्षा प्रबन्ध मजबूत बनाउन हजारौं सैनिक परिचालन गर्ने बताएका थिए। मेक्सिकोसँगको सीमामा पहिलो चरणमा करिब चार हजार सीमारक्षक पठाउने भनिए पनि त्यसको आधा अर्थात करिब दुई हजार सीमारक्षक परिचालन गरिएको थियो ।
यी सैनिकले खासगरी सीमाको गस्ती गरिरहेका अधिकारीहरुलाई थप मद्दत गर्नेछन् । पेन्टागनका प्रवक्ता क्याप्टेन बील स्पिक्सले गृह विभागको आवश्यकताका आधारमा काम गरिरहेको बताए ।
मध्य अमेरिकाका आप्रवासीहरु क्याराभान बनाएर अमेरिकी सीमानजिक आउनै लाग्दा अमेरिकाले थप सैनिक परिचालन गर्न लागेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले यी क्याराभानको विषयलाई यही नोभेम्बरमा हुन लागेको मध्यावधि चुनावमा राजनीतिक लाभका निम्ति प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ ।
संयुक्तराष्ट्र सङ्घका अनुसार गत अक्टोबर १३ मा होन्डुरसको सान पेड्रो सुलाबाट शुरु भएको यो क्याराभानमा करिब ७ हजार मानिस सहभागी छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 43 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 51 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 54 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।