विश्वकै एक शक्तिशाली नेतृः जो आफ्नो जिम्मेवारीदेखि कहिल्यै डराइनन्

एजेन्सी । जर्मनीको इतिहासमा पहिलो महिला चान्सलर बनेकी एन्जेला डोरोथिया क्रिस्टियन डेमोक्रेटिक युनियनकी नेतृ पनि हुन् । जर्मन राजनीतिज्ञ र पुर्व रिसर्च साइन्टिस्ट मर्केलले युरोपियन युनियमा ठुलो जिम्मेवारी लिएकी छिन् । 

 

अद्भुत व्यक्तित्वकी धनी उनी विश्कै शक्तिशाली व्यक्तिको सुचीमा समेत उनी रहेकी छिन् । उच्च जि७ मा मर्केल लामो समयदेखि युरोपियन युनियनको सरकार प्रमुख रहेकी छिन् । 

 

बाल्यकाल

उनको जन्म सन् १९५४ को १७ जुलाइमा ह्यामबर्ग, पश्चिम जर्मनीमा भएको थियो । उनका माता पिता हस्र्ट कास्नर र हर्लिण्ड मर्केल हुन् । उनकी आमा सोसियल डेमोक्रेटिक पार्टीकी सदस्य थिइन् । मर्केल फ्रि जर्मनी युथको सदस्य रहेकी थिइन् । 

 

 

उनले रसियन भाषामा स्नाकोत्तर गरेकी छिन् । उनले टेम्पलिनमा फिजिक्सको समेत अध्ययन गरेकी छिन् । उनले सेन्ट्रल इन्सिच्युट फर फिजिकल केमिस्ट्री अफ द एकेडमी अफ साइन्सेसमा अध्ययन तथा काम समेत गरिन् । उनले क्वानटम केमिस्ट्रीमा विद्यावारिधी समेत गरेकी छिन् । 

 

राजनीतिक करिअर

उनी सधै नेतृत्व लिने व्यक्तिमा परिन् । एफडिजे जिल्ला बोर्डमा उनी सदस्यको रुपमा चुनिइन् । एजीटप्रोपको सेक्रेटरीका रुपमा उनले काम गरीन् । जब प्रजातान्त्रिक आन्दोलनको उभर चल्न थाल्यो उनको सहभागिता पनि उत्तिकै बढ्न थाल्यो । बर्लिन पर्खाल लड्नुमा प्रजातन्त्रका लागि गरिएको आन्दोलन पनि एक मुख्य कारण थियो । जब जब पहिलो पुर्व जर्मन सरकार प्रजातान्त्रिक रुपमा निर्वाचित भयो तब उनी उप प्रवक्ता रहेकी थिइन् । 

 

त्यसपछि उनको जीवनमा धेरै अवसरहरु आए । उनी युवा तथा महिला मन्त्री भइन् । जर्मन इतिहासमा न्युक्लियर सेफ्टी तथा वातावरण मन्त्री बन्ने उनी पहिलो महिला भइन् । 

 

सन् २००५ मा भएको पहिलो संघिय चुनावमा उनी पहिलो महिला चान्सलरका रुपमा निर्वाचित भइन् । उनको प्रगतिले आकाश चुमिरहेका थिए । जि८ को चियर, युरोपियन काउन्सिलको प्रमुख बन्ने उनी दोस्रो महिला बनिन् । 

 

उनको चर्चा चलिदै थियो । सन् २००० मा उनी जर्मन पार्टीको पहिलो नेतृ बनिन् । सन् २००५ मा पहिलो महिला चान्सलर बनेपछि उनको विश्वभर चर्चा हुन थाल्यो । 

 

उनले सम्हाल्ने जिम्मेवारीप्रति उनी पहिलादेखि नै तयारी अवस्थामा रहेकी थिइन् । उनलाई आफ्नो कार्यभार सफलतापुर्वक चलाउन कुनै कठिन भएन । उनलाई इजरायलका प्रधानमन्त्री इहुद वलमर्टले ठुलो आतिथ्य सत्कार गरे । उनले विश्वका शक्तिशाली देशहरुसँग राम्रो सम्बन्ध स्थापित गराउन सफल रहिन् । सन् २००९ मा उनलाई भारत सरकारले ज्वाहारलाल नेहेरु अवार्डबाट सम्मान गर्यो । 

 

व्यक्तिगत जीवन

एन्जेलिया मर्केलल सन् १९७७ मा उलरिच मर्केल, फिजिक्सका विद्यार्थीसँग विवाह गरिन् । तर विवाह गरेको पाँच वर्षमा नै उनीहरुको डिभोर्स भयो । त्यसपछि उनले जोयचिम साउर, क्वान्टम केमिस्टसँग तथा प्रोफेसरसँग विवाह गरिन् । एन्जेला र जोयचिमका कुनै सन्तान छैनन् । साउरको पहिलो विवाहबाट दुई सन्तान रहेका थिए । मर्केल एक जबरजस्त फुटबल फ्यान हुन् । सन् २०१४ मा भएको अन्तरदेशिय कार्यक्रममा उनको पेभिक बोन फ्रयाक्चर भएको थियो । 

 

अवार्ड

उनले विश्वका प्रतिष्ठित अवार्डहरु प्राप्त गरेकी छिन् ।

 

सन् २०१३ मा उनले इन्दिरा गान्धी पुरस्कार पाइन् । सन् २०११ मा प्रेसिडेन्सियल मेडल अफ फ्रिडम, सन् २०१० मा लियो बायक मेडल, सन् २००८ मा चार्लीम्याग्ने प्राइज, सन् २००६ मा भिजन फर युरोप अवार्ड प्राप्त गरिन् । 

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 3 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 3 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 3 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।