एसियाकै धनी बने दाई मुकेश अम्बानी, टाटपल्टिने अवस्थामा पुगे भाई अनिल, कसरी भयो यस्तो

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी । मुकेश अम्बानीको जन्म सन् १९५७ मा भएको थियो भने अनिल अम्बानीको सन् १९५९ मा भएको थियो । व्यापारी परिवारमा जन्मिएका यी दुई दाजुभाईले पनि आफ्नो व्यापारको ठुलो एम्पायर बनाउन सफल भए । सन् २००५ मा यी दुई दाजुभाई मिलेर बनाएको १ लाख करोडको सम्पत्ति भागभण्डा लगाएका थिए ।

 

धिरुभाइ अम्बानीको मृत्युपछि केही समयसँगै काम गरेता पनि पछि उनीहरुबीच मनमुटाव भएका कारण अन्तत भागभण्डा लगाउन पुगेका थिए  । त्यस दौरान कसैले पनि कल्पना गरेका थिएनन् कि डेढ दशकमा मुकेश अम्बानीको औद्योगिक सामराज्य १६ गुणाले बिस्तार हुनेछ र अर्का भाइ अनिल अम्बानी टाट पल्टिने संघारमा पुग्नेछन् । 

 

सन् २००५ मा जब मुकेश अम्बानी र अनिल अम्बानीबीच भागभण्डा भयो तब उनीहरु बीच लगभग बराबर सम्पत्ति थियो । अब भने मुकेश अम्बानीको सम्पत्ति अनिल अम्बानीभन्दा  ७.९७ लाख करोडले बढी रहेको छ ।  

 

भागभण्डा गरेपछि मुकेश अम्बानीको सम्पत्ति लगातार बढेको बढ्यै छ । उता अनिल अम्बानी चुर्लुम्म ऋणमा डुबेका छन् । भागवण्डा गरेपछि सन् २००६ मा अनिल अम्बानी भारतको तेस्रो धनी व्यक्ति थिए । उनीभन्दा मुकेश अम्बानी धेरै नै तल रहेका थिए । अनिल त्यस समय ५५० करोडले अगाडि रहेका थिए । हालै अनिल अम्बानीको रिलायन्सले टाटपल्टिएको घोषणा गरेको छ । यसले गर्दा बजारमा ठुलो हलचल आएको छ । शेयर मुल्यमा पनि ठुलो गिरावट आएको छ । केही महिना अगाडि ८४४ शेयर मुल्य रहेको रिलायन्स १०० मा झरेको थियो । त्यसपछि एकाएक ११ रुपैयाँमा झरेको थियो । गएको हप्ता भने सेयर मुल्य ५ रुपैयाँमा झरेको छ । 

 

उनले टाटपल्टिएको निवेदन अदालतमा पेश गरेका थिए । उक्त निवेदन अस्पतालले पनि स्वीकार गरेको छ । 

 

धिरुभाइ अम्बानीले १५ हजारको लगानीबाट टेक्सटाइल कम्पनी खडा गरेका थिए । उक्त कम्पनी खडा गरेको एक वर्षपछि मुकेश अम्बानीको जन्म भएको थियो । सन् १९८१ मा पाताल गंगा पेट्रो केमिकल प्लान्ट बनाउन उनी एमबिएको पढाइ छोडेर आफ्नो पितासँग काम गर्न भारत फर्किए । त्यस समय उनी २४ वर्षकामात्र थिए । 

 

अमेरिकामा एमबिए सकेका मुकेशले भने को–चिफ भएर रिलायन्समा काम गर्न सुरु गरेका थिए । त्यस समय उनको उमेर २४ वर्ष रहेको थियो । 

 

रिलायन्ससँग जोडिएपछि उनले रसिकभाइ गोस्वामीसँग मिलेर काम गर्न थाले । हरेक दिन भएका कार्यहरुको रिपोर्टले उनले रसिक भाइलाई दिने काम गर्थे । 

 

उनको आदेश अनुसार नै काम गर्थे । सन् १९८५ मा रसिक भाईको निधन भएको थियो । त्यस लगत्तै अर्को वर्ष धिरुभाइ अम्बानीलाई पनि हटअट्याक आएको थियो । त्यसपछि रिलायन्सको सबै जिम्मेवारी मुकेश र अम्बानीको काँधमा आएको थियो । 

 

त्यसपछि मुकेशले रिलायन्स इन्फोकमको स्थापना गरेका थिए । सन् २००२ मा अर्को हट्अट्याकका कारण धिरुभाइ अम्बानीको मृत्यु भयो । यो घटना अम्बानी परिवारलाईभन्दा पनि रिलायन्स कम्पनीलाई ठुलो झट्का रहेको थियो । 

 

धिरुभाईले दाजुभाईमा कुनै फुट नआउने भन्दै कुनै भागवण्डाको कागजपत्र बनाएका थिएनन् । त्यसपछि दाजुभाईमा कामकाजलाई लिएर विस्तारै विवाद बढ्न थाल्यो । रिलायन्सको दाबी गर्दै दुवै दाजुभाईबीच मनमुटाव हुनथाल्यो ।

 

सन् २००५ मा यो समस्या छताछुल्ल हुन पुग्यो । विवाद बढेपछि मुकेश अम्बानीले रिलायन्सका सबै कर्मचारीलाई मेसेज गर्दै भनेका थिए, ‘धिरुभाईको यो विरासतमा कुनै पनि भ्रम रहेको छैन ।’

 

मुकेश अम्बानी हरेक कुरालाई ग्राउण्ड लेभलबाट अध्ययन गरेरमात्र योजना निर्माण गर्दथे । त्यस्तै आधुनिक लाइफस्टाइललाई प्राथमिकतामा राख्ने अनिलले भने तल्लो लभेलमा रहेर बुझ्न नचाहेको समिक्षकहरुले बताएका थिए । तर, देशको क्यापिटल मार्केटको श्रेय भने अनिललाई जाने गर्छ । 

 

उनी फिटनेश लगायत अन्य क्रियाकलापमा सर्तक रहने गर्छन् । उनी चर्चित हस्तीहरु अमिताभ, अमरसिंह जस्ता पात्रहरुको निकै नजिक रहेका छन् । यसै कारण उनी राज्यसभा सांसद पनि बने ।  

 

तर, दाजुभाईमा कामकाजको जिम्मेवारी थपिएपछि उनीहरुबीच बोलीचाली नै बन्द भएको थियो । सन् २००४ मा रिलायन्सको सबै आर्थिक रेखदेख मुकेश अम्बानीले गर्ने अधिकार पाएपछि अनिलले चार पेजको पत्र लेखेर यसको विरोध गरे । सन् २००५ मा रिलायन्सको भागभण्डाको माहोल तयार भयो । फेक्ससिप रिलायन्स उद्योगको जिम्मा मुकेश अम्बानीलाई दिइयो । पेट्रो केमिकल ओइल, ग्याँस रिफाइनिङ र टेक्स टाइल जति मुकेशको भागमा पर्यो । अनिलको भागमा धिरुभाइ टेलिकम, पावर, इन्टरटेनमेन्ट र फाइनान्स पर्यो ।

 

डेढ दशमा मुकेश अम्बानीले आफ्नो औद्योगिक सामराज्य यति धेरै विकास गरे कि उनले चीनका व्यापारी ज्याक मालाई पनि पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बने । उनले रिलायन्सलाई टक्कर दिन जियो लन्च गरे जसले भारतमा इन्टरनेटमा नयाँ क्रान्ति नै ल्याओ । हाल मुकेशको सम्पत्ति ३५ अर्व अमेरिकी डलर पुगेको छ । त्यस्तै टाटपल्टिन ठिक्क परेको रिलायन्स कम्पनीका मालिक अनिलको १.७ विलियन अमेरिकी डलर रहेको छ । सन् २००५ मा कच्चा तेलको मुल्य ७ डलर प्रतिव्यारेल रहेको थियो ।

 

मुल्यमा उतारचढाव भएका कारण कतै डुब्ने त होइन भन्ने उनमा धेरै आशंका रहेको थियो । त्यस समय टेलिगमको बिजनेश उचाइमा रहेको थियो । अनिललाई समस्या पर्ने गरी मुकेश कुनै पनि बिजनेश सुरु गर्ने तयारीमा रहेका थिएनन् । सन् २०१० सम्म उनीहरुबीच प्रतिस्पर्धा नगर्ने सर्त रहेको थियो । सर्त सकिए लगत्तै मुकेशले जियो लन्च गरे । मुकेशले अन्त गरेको कमाइ टेलिकममा लगानी गर्न थालेपछि अनिलको टेलिकममा ठाडै असर पुग्यो । यसले गर्दा उनको शेयर मुल्य घट्दै गयो ।

 

अन्तत उनमाथि ऋणको बोझ थुपारिदै गयो र ऋण चुक्ता गर्न सम्पत्तिहरु बेच्ने अवस्था पनि आइलाग्न थाल्यो । उनका अरु कम्पनीहरु पनि उत्तिकै खराब अवस्थामा पुगिरहेका छन् । पछिल्लो समय उनी राजनीतिक व्यक्तिहरुसँग हिमचिम बढाइ रहेका छन् । रिलायन्स टाट पल्टेपछि उनले अब मुकेशसँग सम्बन्ध विस्तार गर्न खोजेको समेत बताइएको छ । एक मिडिया रिपोर्टका अनुसार मुकेश अनिलको रिलायन्स कम्पनी किन्ने तयारीमा रहेका छन् । कुनै समय १७००० करोड मुल्य बराबरको रिलायन्सको मुल्य आज जम्मा १५०० करोड रहेको छ ।    

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

  • 6 minutes ago
आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाडौँ। कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके क्यापिटलबाट हुनेछ। शेयर रजिष्ट्रार नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी लगायतका शेयरधनी

उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

  • 10 minutes ago
उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औं, १७६ औं तथा १७७ औं शाखा काठमाडौँको ठूलो भयाङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। यससँगै

आखेटोपहार सहित २ जना पक्राउ

  • 15 minutes ago
आखेटोपहार सहित २ जना पक्राउ

काठमाडौँ। भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं. २ बस्ने वर्ष ५३ को हरिओम र



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।