चन्द्रमाको फरक रङ, अनिष्टको संकेत
- बुधबार, २६ चैत, २०७६
- 2 years ago
- विचित्र विश्व

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका फलित ज्योतिष विषयका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय भने, “यो राम्रो योग होइन, अहिले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी फैलिएको छ, यस्तो योग दुर्लभप्रायः हुन्छ ।” वेदका छ अङ्गमध्येको एक ज्योतिषको सूक्ष्म अध्ययन अनुसन्धान गर्ने हो भने त्यसले भविष्यका घटनाको पहिले नै थाहा पाउन सकिन्छ तर पछिल्लो समय नेपालमा यसको अध्ययन अनुसन्धान केवल औपचारिकतामा मात्र सीमित छ । सूक्ष्म रुपमा हुननसकेको यसको अध्येताको स्वीकारोक्ति छ ।
ज्योतिषविद् डा खिलानाथ बस्ताकोटी शनि, वृहस्पति र मङ्गल एकै राशिमा हुने योग भएका बेला विगतमा विश्वव्यापीरूपमा ठूला घटना भएको सुनाउँछन् । विसं २०४६ मा यस्तै योग भएका बेला रसिया टुक्रिएको र नेपालमा जनआन्दोलन भई प्रजातन्त्र पुनःस्थापना भएको थियो । रणबहादुर शाह राजा भएका बेला पनि यस्तै योगका बेलामा विश्वव्यापीरूपमा बिफर रोगको महामारी फैलिएको थियो । चन्द्रमामा मङ्गलबार देखिएको दृश्य भने वायु प्रदूषण नभई स्वच्छताका कारण पनि देखिएको हुनसक्ने भएकाले यस विषयमा दूरबीनलगायत यन्त्रका आधारमा अध्ययन गरेर मात्र निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।
वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिषका सहप्राध्यापक जयन्त आचार्य चैत्र शुक्ल पूर्णिमामा चन्द्रमा अन्य पूर्णिमामा भन्दा नजिक देखिने र वायुमण्डलसमेत स्वच्छ भएकाले मङ्गलबार राति आकाशमा फरक दृश्य देखिएको बताउनुहुन्छ । प्रत्येक महिनाको पूर्णिमाका दिन राति आकाशमा पूर्ण चन्द्र देखिन्छ । आज बिहान ८ः५२ सम्म पूर्णिमा तिथि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पूर्णिमा व्रत मङ्गलबार र हनुमान जयन्ती पूर्णिमामा सूर्योदय भएका दिन मनाइने भएकाले आज मनाइने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सुनाए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
- 58 minutes ago

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन्। बैठकमा नयाँ सदस्यहरुक
श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ
- 1 hour ago
मोरङ। श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। रंगेली नगरपालिका– १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शुक्रबार राति ८ बजे मल्लि
सिभिल बैंकको ९९ औं एटियम पोखराको लेकसाईडमा
- 1 hour ago

काठमाडौँ। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियम संचालनमा ल्याएको छ। उक्त एटियमको समुद्घाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरे।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।