सिड्नी निवासी अंशिकालाई मिस युनिभर्सको ताज
- बिहीबार, १६ पुष, २०७७
- 2 weeks ago
- अष्ट्रेलिया

सिड्नी । अष्ट्रेलिया निवासी अंशिका शर्माले मिस युनिभर्सको ताज जितेकी छिन् । बुधवार राति भएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै ‘मिस युनिभर्स नेपाल २०२०’ को ताज जितेकी हुन् । जितसँगै अंशिकाले १० लाख नगदसहित १५ लाख बराबरको क्राउन हात परेकी छन्।
प्रतियोगिताको फाइनलमा शर्मासहित मस्को निवासी निनाकान्ता मण्डल, अमेरिका निवासी सुजिता बस्नेत, काठमाडौँ निवासी दिक्ता थापा र विराटनगर निवासी न्यान्सी खड्का पुगेका थिए।
प्रतियोगिताका लागि ५०० आवेदन परेको आयोजकले जनाएका थिए। विभिन्न चरण पार गर्दै फाइनलमा भने १८ जनालाई र्याम्पमा उतारिएको थियो।
अंशिका अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी छिन् । उनी काठमाडौँ कोटेश्वरकी स्थायी बासिन्दा हुन् । यसै वर्षको प्रारम्भमा उनले अष्ट्रेलियामै सम्पन्न मिस नेपाल ओसेनियामा फष्ट रनर्स अपको उपाधि जितेपछि मिस यूनिभर्स नेपालमा सहभागिता जनाएकी हुन् ।
मिस यूनिभर्स नेपाल–२०२० को ताज जितेसँगै अंशिकाले अब मिस यूनिभर्स–२०२० मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की
- 1 minute ago

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
- 7 minutes ago
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक
- 10 minutes ago

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।