Techie IT
२०८२ असोज २४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालरेसुङ्गामा साउने मेला सुरु

रेसुङ्गामा साउने मेला सुरु


गुल्मी । गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउन महिनाको पहिलो दिन आज सोमबारे औँसी परेकाले बिहानैदेखि रेसुङ्गामा क्षेत्रमा श्रद्धालुहरुको भिड लागेको हो । साउन महिनाभर रेसुङ्गा माहापोखरीमा स्नानगरी पोखरीमाथिको यज्ञशाला मन्दिरमा पूजाआजा गर्न मानिसहरुको भिड लागेको छ ।

टाढाटाढाबाट आउने भक्तजनको सुविधाका लागि रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा साउन महिनाभर धार्मिक मेला सञ्चालन गर्दै आएको छ । अन्य महिनाको तुलनामा साउन महिनाको सोमवार धेरै मानिसको यस क्षेत्रमा आगमन हुँदै आएको छ ।

साउन महिनाभर विशेष पूजाआजासहित धार्मिक मेला लाग्ने भएकाले माहापोखरीको जलले स्नान गर्ने र नजिकै रहेको यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्ने प्रचलन छ । यस क्षेत्रमा पुगेपछि चारधाम जान नपर्ने र आफूले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका आधारमा विगत केही वर्षदेखि यहाँ आउने धार्मिक पर्यटकहरुको सङ्ख्या वृद्धि हुँदै आएको छ ।

त्रेता युगदेखि यस क्षेत्रको महत्व हालसम्म पनि कायम रहेकाले यस क्षेत्रमा एक पटक पुगेपनि मनोकामना पूराहुने भएकाले यसको महत्व अझ बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिए ।

सोही आस्था र विश्वासका कारण रेसुङ्गा क्षेत्रमा गुल्मी पाल्पा, बाग्लुङ्ग, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लावाट आउने श्रद्धालुहरुको वर्षेनी घुईचो लाग्ने गर्दछ । साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यज्ञशालामा दिनहु होमसहित, रुद्री, गिता र चण्डी पाठ गर्नाका साथै श्रद्धालुहरु रातभर भजन किर्तनमा रमाउने गर्दछन् ।

रेसुङ्गा नगरपालिकाले सुरु गरेको ‘जाउँ हिडौँ रेसुङ्गा’ अभियानसँगै विगत वर्षका तुलनामा यसपटक साउन महिनाभर ५० हजारभन्दा बढी श्रद्धालुलाई रेसुङ्गा क्षेत्रमा भित्र्याउने योजना रहेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । जिल्ला सदरमुकाम तम्घासदेखि सात किलोमिटरको दूरीमा रहेको उक्त ठाउँमा पुग्न सडक पक्की गरिएकाले झनै सहज बनेको छ । एक महिने धार्मिक मेलाले रेसुङ्गा क्षेत्र आन्तरिक एवं वाह्य धार्मिक पर्यटकका लागि थप गन्तव्य स्थल बन्ने भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT