मड्रिडमा अर्जेन्टिनाको प्रशिक्षण, मेसी पनि सहभागी

Global IME
Norvic Hospital
  • मंगलबार, ५ चैत, २०७५
  • 4 years ago
  • खेल

एजेन्सी । मैत्रिपूर्ण खेलको तयारीमा रहेको अर्जेन्टिनाको राष्ट्रिय टिमले स्पेनको राजधानी मड्रिडमा अभ्यास गरेको छ । यसै हप्ता हुने भेनेजुयलासँगको मैत्रिपूर्ण खेलको लागि अर्जेन्टिनाले तयारी गरेको हो । 

 

टिममा लियोनल मेसी केन्द्रीय पात्र बनेका छन् । रसिया विश्वकपपछि राष्ट्रिय टिमबाट खेल नखेलेका मेसी टोलीमा फर्किएपछि उनको चर्चा बढेको हो । मेसी तथा उनको टिमले रियल मड्रिडको टिमले पनि अभ्यास गर्दै आएको भाल्डेबेबसमा अभ्यास गरेको हो । 

 

हाल अर्जेन्टिनाको टिमको प्रशिक्षकको जिम्मेवारी लियोनल स्कालोनीले गरेका छन् । उनले भेनेजुयलासँगको खेलको लागि ३१ जना खेलाडीलाई बोलाएका छन् । उनलाई सन् २०१८ को नोभेम्बरमा अर्जेन्टिनाको प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनले सन् २०१९ मा हुने कोपा अमेरिकाको लागि टोलीलाई सम्हाल्नेछन् । 

 

अर्जेन्टिनाले भेनेजुयलासँग खेल आउँदो शुक्रबार वान्डा मेट्रोपोलिटानोमा तथा २६ मार्चमा  मोरक्कोको टांजियरमा खेल खेल्दैछ ।

 

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै

  • 12 minutes ago
दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै

गलेश्वर । झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुङ्गेघर । आँखीझ्याल, फला

दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु

  • 13 minutes ago
दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु

धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो ।

चितवनका ३३ स्थानमा आगलागी, ६ जना घाइते

  • 19 minutes ago
चितवनका ३३ स्थानमा आगलागी, ६ जना घाइते

चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् ।



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।

विचित्र विश्व

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए  यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।