ओरालो लागेको अर्जेन्टिना कतै कतारसँग पनि पराजित हुने त होइन ?
- आइतबार, ८ आषाढ, २०७६
- 3 years ago
- खेल

एजेन्सी । सन् २०१४ को विश्वकपमा लागेको थियो अर्जेन्टिनाले उपाधि जित्छ । तर, स्ट्राइकरहरु चुकेपछि फाइनलमा जर्मनीसँग पराजित हुन पुग्यो । सन् २०१५ को कोपा अमेरिका फाइनलमा चिलीसँग अर्जेन्टिना पेनाल्टीसुटआउटमा पुग्यो । सोही नियती सन् २०१६ को विशेष कोपा अमेरिका कपमा पनि देखियो ।
सन् २०१८ को विश्वकप अर्जेन्टिनाले जित्ने धेरैले दाबी गरे । तर, लिग चरण पनि ठुलो भाग्यका कारण पार परेको अर्जेन्टिना फ्रान्ससँग पराजित हुन पुग्यो ।
एकपछि अर्को विशेष कपहरुमा अर्जेन्टिनाको मनोबल गिरेको देखिन्छ । सन् २०१९ को कोपा अमेरिका कपमा अर्जेन्टिनाले सानदार खेल खेल्ने अपेक्षा फ्यानहरु गरेका थिए ।
तर, पहिलो खेलमा नै कोलम्बियासँग पराजित हुन पुग्यो । दोस्रो खेलमा त जित हात पार्ला भनेको अलिकति भाग्यले साथ दिदाँ एकएक गोलको बराबरी खेल्दै अंक बटुल्न सफल भयो ।
लिग चरणको अन्तिम खेलमा पनि ठुलो भाग्यको आवश्यकता रहेको छ । कतारलाई पराजित गर्न सके अर्को चरणमा पुग्ने सम्भावना बलियो रहेको छ ।
समीक्षकहरुका अनुसार अर्जेन्टिनाको खेलले ओरालो लाग्नुमा सही प्रशिक्षक अनुबन्ध नगर्नु रहेको छ । उनीहरुका अनुसार खेलाडीलाई बुझ्ने प्रशिक्षकको आवश्यकता अर्जेन्टिनालाई रहेको छ ।
तर, अर्जेन्टिनामा पछिल्लो समय सबै उल्टो चलिरहेको उनीहरुको ठम्याई छ । यस अवस्थामा खेलाडीहरु निराश हुने र खेलमा सुधार नदेखिने गरेको उनीहरुको भनाई छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ'
- 13 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे ।
धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु
- 43 minutes ago

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।
चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु
- 46 minutes ago

एजेन्सी । पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।