भारतीय संविधानकाे धारा ३७० मा के थियाे ? किन गरियाे खारेज ?

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौँ । जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गर्ने भारतीय सरकारको निर्णयलाई लिएर यतिबेला भारतीय राजनीति तातेको छ ।

 

सोमबार राज्यसभाको बैठकमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले संविधान धारा ३७० र ३५ ए निष्क्रिय भएको सूचना सुनाउँदै जम्मू–कश्मीरलाई दिएको विशेषाधिकार खारेज गरिएको बताएका थिए । गृहमन्त्रीले उक्त सूचना सुनाउँदै गर्दा राज्यसभामा होहल्ला मच्चिएको थियो ।

 

भारतका लेखक, कलाकार तथा बौद्धिक जमातले सरकारको यस निर्णयउपर तीव्र प्रतिक्रिया दिइरहेका छन् । चर्चा, विवाद र विरोधका बीचमा भारतको संविधानको धारा ३७० मा के थियो भन्ने चासो भारतबाहिर उठ्नु स्वाभाविक छ ।

 

धारा ३७० को प्रावधानहरूका अनुसार भारतको केन्द्रीय संसदलाई जम्मू–कश्मीरको बारेमा रक्षा, विदेश मामिला र सञ्चारको विषयमा कानून बनाउने अधिकार छ । यस बाहेकका अन्य विषयहरूमा कानून बनाउनको लागि भने केन्द्रलाई जम्मू–कश्मर राज्य सरकारको अनुमोदन चाहिन्थ्यो ।

 

यो धारा खारेज भएसँगै अब जम्मू–कश्मीर राज्य सिधै केन्द्रीय संसद र सरकारको छायाँमा हुनेछ । यसलाई यी बुँदाहरूमा अझ सहज ढङ्गले बुझ्न सकिनेछः

 

१) यो विशेषाधिकारका कारण जम्मू–कश्मीर राज्यमा धारा ३५६ लागू हुन्थेन ।

२) यो विशेषाधिकारले भारतको राष्ट्रपतिलाई जम्मू–कश्मीर राज्यको संविधान बर्खास्त गर्ने अधिकार दिएको थिएन ।

३) जम्मू–कश्मीर राज्यको नागरिकले यहि विशेषाधिकारका कारण भारत तथा कश्मीरको दोहोरो नागरिकता राख्न पाउँथे ।

४) भारतको केन्द्रीय संसदले जम्मू–कश्मीरको सम्बन्धमा अत्यन्त सीमित क्षेत्रमा मात्रै कानून बनाउन सक्दथे ।

५) जम्मू–कश्मीर राज्यको झण्डा नै अलग थियो । सो राज्यका नागरिकले भारतको राष्ट्रिय झण्डाप्रति सम्मान दर्शाउनु अनिवार्य थिएन ।

६) यो विशेषधिकारले अन्य भारतीय नागरिकलाई जम्मू–कश्मीर भूमि खरिद गर्ने अधिकार दिएको थिएन । 

७) भारतीय संविधाको धारा ३६० मा देशमा वित्तिय आपतकाल लगाउन सक्ने प्रावधान छ । सो प्रावधान पनि जम्मू–कश्मीरमा लागू हुँदैन थियो ।

८) जम्मू–कश्मीरमा विधानसभाको कार्यकाल ६ वर्ष राखिएको थियो । जबकी भारतको अन्य राज्यमा यो कार्यकाल ५ वर्ष मात्रै हुन्छ ।

९) भारतको उच्च अदालतको आदेश जम्मू–कश्मीर राज्यभित्र मान्य हुँदैन थियो ।

१०) जम्मू–कश्मीरकी कुनै महिलाले यदि भारतको अन्य राज्यका पुरुषसँग विवाह गरे उक्त महिलाको जम्मू–कश्मीरको नागरिकता समाप्त हुन्थ्यो । यसको विपरीत यदि जम्मू–कश्मीरको कुनै महिलाले पाकिस्तानी पुरुषसँग विवाह गरिन् भने सो पुरुषले पनि जम्मू–कश्मीरको नागरिकता प्राप्त गर्न सक्दथे ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 3 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 3 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 3 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।