अनेसास शब्दसारथिमा ‘अर्को भोर’को चर्चा
- सोमबार, ९ फागुन, २०७८
- 5 months ago
- साहित्य

बोस्टन, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आइतबार ‘अर्को भोर’ कथा कृतिको चर्चा गरिएको छ।
शब्दसारथि कार्यक्रमको १३ औँ शृङ्खलामा कथाकार केशवराज ज्ञवालीको उक्त कृतिमाथि छलफल गरिएको हो। कार्यक्रममा वरिष्ठ आख्यानकार नयनराज पाण्डे, समालोचक ज्ञानु अधिकारी, सञ्चारकर्मी तथा कवि मोहराज शर्मा र कथाकार कृष्ण कुसुमले ज्ञवालीको कथाकारिताका बारेमा प्रकाश पारे।
यसैगरि अनेसासका पूर्व अध्यक्ष तथा कथाकार पदम विश्वकर्मा, अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास बिओटी सदस्य तथा मुक्तककार तीर्थराज अधिकारी, साहित्यकार कुशुम ज्ञवाली, कवि मोहित जोशी र महेश क्षितिजले पनि कथाकारका बारेमा चर्चा गरे।
अनेसासमा वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा आयोजित उक्त कार्यक्रममा अनेसास अस्टिन च्याप्टरका अध्यक्ष धर्मानन्द गौतम, अनेसास क्यान्सस च्याप्टरका अध्यक्ष कमला न्यौपाने, प्रमोद अमात्यका साथै कथाकार ज्ञवालीले मन्तब्य राखेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 3 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 3 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 5 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।