अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

एजेन्सी । अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो ।

 

अमेरिकाको विदेश मन्त्रालयले सो नयाँ युद्धविराम यही आइतबार मध्यरातिदेखि लागू हुने जानकारी दिएको छ । यसअघि पनि यी दुई देशकाबीचमा जारी द्धन्द्धको युद्धविराम भएको थियो ।

 

केही दिन अघि रुसी राजधानी मस्कोमा दुई देशबीच वार्ता भएको थियो र उक्त वार्तापछि युद्धबिरामको सहमति भएको समाचारमा जनाइएको थियो ।

 

अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न अन्तर्राष्ट्रिय देश र संगठनहरुको सहमतिमा यी दुई देशका बीचमा नयाँ युद्धविरामको सहमति भएको बताइएको छ ।  

 

यी दुई देशका बीचमा दशकौँ देखि भूमिसम्बन्धी विवाद रही आएको छ । यी दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको छ ।

 

हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समयमा यी दुई देशबीच भएको युद्धमा परेर कैयौं नागरिकले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ ।

 

काराबाख क्षेत्रमा युद्ध बढ्दै गएपछि विश्व समुदायको ध्यान त्यसतर्फ पुगेको थियो । त्यहाँ युद्ध भने जारी छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बालसुधार केन्द्रका १६ वर्षीय कैदीबन्दी फरार

  • 1 minute ago
बालसुधार केन्द्रका १६ वर्षीय कैदीबन्दी फरार

डोटी । डोटी जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ ।

उदयपुरमा बम विष्फोट, ५ जना घाइते

  • 2 minutes ago
उदयपुरमा बम विष्फोट, ५ जना घाइते

काठमाडौँ । उदयपुरमा बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । कटारी नगरपालिका–८ भाण्टावारीस्थित एक सिमेन्ट उद्योग नजिक भएको बम विष्फोटमा ५ जना घाइते भएका हुन् । शुक्रबार बिहान करिब सवा १२ बजेतिर

दश किलो चरेससहित एक जना पक्राउ

  • 6 minutes ago
दश किलो चरेससहित एक जना पक्राउ

बैतडी । दश किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकार



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।