आर्मीलाई संकटाले बराबरीमा रोक्यो

  • मंगलबार, २९ पुष, २०७६
  • 6 months ago
  • खेल

काठमाडौँ । उपाधिको दावेदार भनिएको विभागिय टिम त्रिभुवन आर्मी क्लबलाई संकटा क्लबले बराबरीमा रोकेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गको खेलमा दुवै क्लब १–१ गोलको बराबरीमा रोकिएको हो ।

 

आमीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । आर्मीको लागि खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । उनले दिनेश हेम्जनको पासमा गोल गरेका थिए । 

 

तर, दोस्रो हाफमा भने आर्मीलाई झट्का लाग्यो । खेलको ५२ औं मिनेटमा आर्मीका युद्ध शाही दोहोरो पहेलो कार्डको शिकार भए  त्यसपछि आर्मी १० खेलाडीमा सीमित भयो । त्यसपछि खेलमा संकटा बलियो भयो संकटाले खेलको ५५ औं मिनेटमा बराबरी गोल फर्कायो । आमीका खेलाडी सुमन लामाले डिबक्स भित्र ह्याण्ड गरेपछि संकटाले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई संकटाका अमित तामाङले गोलमा परिणत गरे । 

 

खेलको बाँकी समयमा दुवै टिमले गोलको लागि प्रयास गरे पनि सफल भने भएनन् । बराबरीसँगै आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । समान १३ अंक भएको मच्छिन्द्र गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । त्यस्तै, समान खेल खेलेको संकटा लिगमा ८ अंक जोडेर लिगको आठौं स्थानमा छ ।


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 1 hour ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 1 hour ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 1 hour ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।