इञ्जिनियर हत्याका अभियुक्त पक्राउ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
सांकेतिक तस्वीर

सप्तरी । एक इञ्जिनीयरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण–४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् । 

 

राजविराज निवासी इञ्जिनियर हरिनारायण देवको हत्या अभियोगमा फरार मण्डल पक्राउ परेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । 

 

साविक बोरिया गाविस-३ स्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज –६ स्थित घरतर्फ आउने क्रममा घर नजिकै देवको २०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरिएको थियो । देव राष्ट्रियसभाका सदस्य जीतेन्द्रनारायण देवका दाजु हुन् । 

 

झण्डै आठ वर्षमा मण्डल पक्राउ परेपछि मुल्तबीमा रहेको उनिविरुद्धको मुद्दा पुनः चालु हुने भन्दै जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले थुनछेकको आदेशको प्रक्रिया अगाडि बढ्ने बताए । 

 

जिल्ला अदालतले २०७१ फागुन ११ गते मण्डलसहित साविक पकरी गाविस ३ का हरेराम यादव, लालापट्टी गाविस २ का अजित सिंह भनिने अजय यादव र प्रसवनी गाविस-८ का अविनाश भनिने उपेन्द्र यादवको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको थियो । 

 

यसैगरीे पक्राउ परेका बोरिया ३ का गङ्गाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा मोहनपुर ३ का दिलजले भनिने उमेश राम र देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजायको फैसला भएको थियो । 

 

जिल्ला अदालतको फैसलाविरुद्ध २०७२ असार १६ गते अनिलले र साउन ६ गते गङ्गारामले पुनरावेदन गरेकामा उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै २०७३ कात्तिक १० गते फैसला गरेको थियो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 4 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 4 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 6 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।