दुर्इ भारतीय लागूअाैषधसहित थानकाेटबाट पक्राउ
- शुक्रबार, १४ मंसिर, २०७५
- 4 years ago
- नेपाल

काठमाडौँ । प्रतिबन्धित लागूऔषध लिएर कलंकीबाट थानकोटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी सहित प्रहरीले दुर्इजना भारतीयलार्इ पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा थानकोट प्रहरी वृत्तको टोलीले बी आर १ ए ६९०८ नम्बरको गाडी पक्राउ गरेको हो । गाडीमा सवार १९ वर्षीय सविर अली र ५५ वर्षीय करण सहनीलार्इ पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनीहरूको साथबाट डाइजेपाम ६ सय ९५ एम्पुल, नुर्फिन ६ सय ९६ एम्पुल र फेनार्गन चार सय ९५ एम्पुल गरी एक हजार आठ सय ८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोतल बरामद भएको छ ।
लागूऔषधको साथमा प्रहरीले स्यामसुङ्ग मोवाइल, दुई थान नोकिया सादा सेट, एक थान जीव लेखिएको सादा सेट, १ थान एनटिसि र भारतीय सिम बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूलार्इ लागुऔषध एेन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको थानकोट प्रहरीले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 1 hour ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 1 hour ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 1 hour ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।