महिलाहरूमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने पक्राउ, 'रमाइलाे'का लागि गरेकाे बयान दिए

सांकेतिक तस्वीर

काठमाडौं । पछिल्लो समय साँझको समयमा महिलाहरूमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने आक्रमणकारी पक्राउ परेका छन् । कथित ‘सिरिन्ज’ आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले महाराजगञ्जमा होटल व्यवसाय सञ्चालन गरिबस्ने सन्तोष कार्कीलाई पक्राउ गरेका हुन् ।

 

‘सिरिन्ज’ आक्रमण गरेर महिलाहरूबीच त्रासको माहोल खडा गरेका कार्कीले उक्त आक्रमण ‘रमाइलो’का लागि गरेको प्रारम्भिक बयान दिएको बताइएको छ ।

 

उनको महाराजगञ्जमा होटल व्यवसाय रहेको प्रहरीले जनाएको छ । राति १० बजे होटल बन्द गरेर उनी मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे । प्रहरीका अनुसार घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई उनी आक्रमण गर्थे ।

 

प्रहरीले घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् । 

 

उनले दिएको आक्रमण गर्नुको कारणलाई प्रहरीले विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

  • 4 minutes ago
डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

झापा । झापामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– २ मा रहेको डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा उक्त ब

विराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ

  • 8 minutes ago
विराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । मोरङको २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । बुधवार बिहान ९ बजे मोरङको विराटनगर महानगरपालिका– १८ लंकाटोलबाट भारतिय नागरीक जोगवनी– १२ बस्ने ३६ बर

हुम्लामा धमाधम पठनपाठन हुँदै

  • 20 minutes ago
हुम्लामा धमाधम पठनपाठन हुँदै

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको दबाबपछि पठनपाठन शुरु गरिएको ह



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।