स्रोत नखुलेको ११ लाख नेपाली र करीब रु ६ लाख भारतीयसहित दुई जना युवक पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख नेपाली र करीब रु ६ लाख भारतीयसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मटिहानी–जनकपुर सडकखण्डको मटिहानी नगरपालिका–२ स्थित आवर गाउँमा मटिहानीबाट जनकपुर जाँदै गरेको अवस्थामा स्रोत नखुलेको रु ११ लाखसहित मटिहानी न।पा।६ बस्ने भोगेन्द्र पूर्वेका छोरा २४ वर्षीय जीवन पूर्वे पक्राउ परेका छन् ।

 

त्यस्तै जिल्लाको जलेश्वर–भिट्ठामोड सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–३ स्थित मलिवारा बस बिसौनी नजिकबाट नेपालबाट भारत जाँदै गरेको अवस्थामा स्रोत नखुलेको पाँच लाख ७५ हजार भारुसहित जनकपुर उपमहानगरपालिका–८ बस्ने रामविलास महासेठका छोरा ३२ वर्षीय विजय महासेठ पक्राउ परेका छन् ।

 

दुवै युवकले नेपाली र भारुको अवैध सटही तथा सुन चाँदीको चोरी तस्करीजस्ता कारोवार गर्ने गरेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको छुट्टाछुट्टै प्रहरी टोलीले दुवै युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विष्फोटक पदार्थसहित विप्लव समूहका दुई नेता पक्राउ

  • 2 minutes ago
विष्फोटक पदार्थसहित विप्लव समूहका दुई नेता पक्राउ

विराटनगर । विष्फोटक पदार्थसहित नेत्रविक्रम चन्द विप्लव समूह नेकपाका नेता पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा मोरङको मिक्लाजुंग गाँउपालिकामा स्थानीयसंग चन्दा असुल गर्दै गर्दा दुई जनालाई प्रहरीले

कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

  • 54 minutes ago
कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । कात्तिक २१ गते पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार

  • 1 hour ago
मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार

पर्सा । मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार भएका छन् । विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोप लागेका वडा नम्बर ४ का अखिलेश चौरसिया, शंकर पुकार ति



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।