आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ
- मंगलबार, २९ कार्तिक, २०७९
- 2 months ago
- नेपाल

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ ।
घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौँतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ ।
बीस वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ऋषभ शेट्टीले गरे ‘कान्तारा २’ को प्रिक्वेलको घोषणा
- 1 minute ago

एजेन्सी । अभिनेता ऋषभ शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’ ले फ्यानबाट निकै माया पाएको थियो । ‘कान्तारा’ ले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको थियो ।
किम जोङ उनले यस्तो आदेश दिएपछि...
- 12 minutes ago

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।
अष्ट्रेलियका कप्तान फिन्चद्वारा सन्यास घोषणा
- 13 minutes ago

अस्ट्रेलिया टोलीका विश्व विजेता आरोन फिन्चले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
किम जोङ उनले यस्तो आदेश दिएपछि...

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।