अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

  • बुधबार, ५ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिगएको प्रहरी  टोलीले दुई थान पेस्तोलसहित उनलाई घरबाट मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

 

उनका अनुसार गुरुङको घरबाट प्रहरीले दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ । घर भित्र लुकाई राखेको अवस्थामा ९ एमएमको अटो पेस्तोल, ७.५ इन्च लम्बाई र ५.५ चौडाई भएको म्याग्जिन र सोही म्याग्जिनमा रहेको एक राउण्ड गोली, ७ इन्च लम्बाई र ५ इन्च चौडाई भएको म्याग्जिन सहितको एक थान पेस्तोल बरामद गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।

 

त्यसैगरी दुईवटा सुटकेशभित्र लुकाइछिपाइ राखेको अवस्थामा पाँचवटा विभिन्न वन्यजन्तु सामग्री बरामद गरेको छ । विभिन्न आकारका लम्बाइ, चौडाइ भएका छालाजस्तो देखिने वस्तु पानको पात आकारमा बिचमा ॐ लेखेको ५.५ इन्च लम्बाइ चार इन्च चौडाइ भएका एक थान वस्तु बरामद गरेको हो ।

 

त्यसैगरी जङ्गली जनावरको छालाजस्तो देखिने छ इन्च लम्बाइ, २।५ इन्च गोलाइको वस्तु एक थान र जङ्गली जनावरको छालाजस्तो देखिने सात इन्च लम्बाइ र १.५ इन्च गोलाइ भएको वस्तु एक थान बरामद गरेको छ । त्यस्तै जङ्गली जनावरको छालाजस्तो देखिने १० इन्च लम्बाइ २.५ इन्च गोलाइ भएको वस्तु थान एक र जङ्गली जनावरको छालाजस्तो देखिने ‘भी’ आकारको वस्तु एक थान तथा जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट लम्बाइ, फेद गोलाइ ४.५ इन्च र टुप्पाको गोलाइ एक इन्च भएको वस्तु एक थानसहित बरामद गरेको प्रहरीले जनाएको छ । 

 

त्यसैगरी जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट तीन इन्च लम्बाइ फेदको गोलाइ तीन इन्च, टुप्पोको गोलाइ १.५ इन्च भएको वस्तु एक थान पनि प्रहरीले बरामद गरेको छ । सोही सुटकेशको साइड गोजीमा प्लाष्टिकमा पोका पारी राखेको ५० ग्राम गाँजाजस्तो पदार्थसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा ९० लाख संक्रमित निको भए

  • 32 minutes ago
भारतमा ९० लाख संक्रमित निको भए

एजेन्सी । भारतमा कोरोना संक्रमित बढेसँगै निको हुनेको संख्या पनि धेरै रहेको छ । विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित निको हुनेमा भारत रहेको छ ।

अमेरिकामा एकैदन २ लाख १३ हजार बढी संक्रमित थपिए, २ हजार ७९० ले ज्यान गुमाए

  • 56 minutes ago
अमेरिकामा एकैदन २ लाख १३ हजार बढी संक्रमित थपिए, २ हजार ७९० ले ज्यान गुमाए

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति स्टाइङको निधन

  • 1 hour ago
कोरोना संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति स्टाइङको निधन

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी जिस्कार्ड डी स्टाइङको निधन भएको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।