१५ किलो गाँजासहित दुई जना पक्राउ

  • बुधबार, ५ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

सर्लाही । लागुऔषध गाँजासहित  सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ४ः३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ गरेको हो ।  

डाबरीबाट जंगलको बाटो हुँदै बागवानी आएपछि उनीहरुलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता  मदन कुँवरले जानकारी दिए । प्रहरीले उनीहरुका साथबाट दुई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

यसैबीच  बलरा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  बलरा–४ स्थित  सार्वजनिक पोखरीमा डुबेर स्थानीयवासी जगु सहनीका नौ वर्षीय छोरा आदित्यकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मंगलबार साँझ पोखरीमा नुहाउने क्रममा सहनी पोखरीमा डुबेका थिए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा ९० लाख संक्रमित निको भए

  • 42 seconds ago
भारतमा ९० लाख संक्रमित निको भए

एजेन्सी । भारतमा कोरोना संक्रमित बढेसँगै निको हुनेको संख्या पनि धेरै रहेको छ । विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित निको हुनेमा भारत रहेको छ ।

अमेरिकामा एकैदन २ लाख १३ हजार बढी संक्रमित थपिए, २ हजार ७९० ले ज्यान गुमाए

  • 24 minutes ago
अमेरिकामा एकैदन २ लाख १३ हजार बढी संक्रमित थपिए, २ हजार ७९० ले ज्यान गुमाए

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति स्टाइङको निधन

  • 32 minutes ago
कोरोना संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति स्टाइङको निधन

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी जिस्कार्ड डी स्टाइङको निधन भएको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।