अदालतबाट ६१ लाख जरिवना भएका कुँवर पक्राउ

Global IME
Mega Bank
Norvic Hospital
  • मंगलबार, २८ भदौ, २०७९
  • 4 months ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ६१ लाख ५४ हजार आठ सय ७५ जरिवना भएका एक जनालाई पक्राउ गरेको छ । 

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अदालतले बैंकिङ कसुर मुद्दामा २५ दिन कैद सजाय र रु ६१ लाख ५४ हजार आठ सय ७५ जरिवना ठहर गरेपछि फरार पर्वत घर भई काठमाडौँको नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

 

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै विभिन्न तीन जनालाई पैसा नभएको चेक दिएर बैकिङजन्य कसुर गरेकाले उच्च अदालत पाटनको आदेशअनुसार कुँवरलाई सुन्धाराबाट पक्राउ गरी जानकारी दिए । 

 

पक्राउ कुँवरले एनआईसी एसिया बैंक लिमिटेड सोह्रखुट्टेको खातामा  पर्याप्त रकम नहुँदा नहुँदै खाली चेक दिएर बैंकिङजन्य कसुर गरेको ब्यूरोले जनाएको छ । 

 

पक्राउ कुँवरलाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि सोमबार डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता थापाले बताए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

किम जोङ उनले यस्तो आदेश दिएपछि...

  • 5 minutes ago
किम जोङ उनले यस्तो आदेश दिएपछि...

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।

अष्ट्रेलियका कप्तान फिन्चद्वारा सन्यास घोषणा

  • 5 minutes ago
अष्ट्रेलियका कप्तान फिन्चद्वारा सन्यास घोषणा

अस्ट्रेलिया टोलीका विश्व विजेता आरोन फिन्चले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय

  • 30 minutes ago
जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्



पर्यटन

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

जीवनशैली

ध्यान गर्नुका फाइदाहरु

ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।

विचित्र विश्व

किम जोङ उनले यस्तो आदेश दिएपछि...

किम जोङ उनले यस्तो आदेश दिएपछि...

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।