पाँच लाखसहित जुवा खेलिरहेका १५ जना समातिए, बयान लिने काम हुँदै

Global IME
Mega Bank
Norvic Hospital
  • बिहीबार, ३ माघ, २०७५
  • 3 years ago
  • नेपाल

काठमाडौ । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन् । 

 

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकासँग बयान लिने काम भइरहेको जनाइएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 5 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 6 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 7 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।