Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थहिमालयन बैंक लिमिटेडका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट

हिमालयन बैंक लिमिटेडका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट


काठमाडौँ। हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकहरु माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौँ, पोखरा, चितवन लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरुमा विशेष छुटको व्यवस्था गरेको छ।

ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद समग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम, लगायत अन्य स्थानहरुमा वस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्ने छन्।

बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ। छुट सुविधा प्राप्त गर्न ग्राहकहरुले बिल लिनु भन्दा पहिला नै आफू हिमालयन बैंकको ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउने छन्।

ग्राहकहरुले छुट पाउने स्थान, प्रतिशत तथा सामग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंकको अधिकारीक वेभसाइटमा गई हेर्न सक्नेछन्।

हाल यो योजना १६० भन्दा बढी व्यवसायिक संस्थाहरुमा लागू भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि २०० वटा थप व्यवसायीमा विस्तार गरि आफ्ना ग्राहकहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

हिमालयन बैंकको सीईओमा अशोक राणाले पाए निरन्तरता

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोकशमशेर राणाले निरन्तरता पाएका छन् । गएको चैत २७ गते बसेको

११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायका अनुसार आइतबार प्रतितोला १ लाख ३९

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

Techie IT