पाँचकिलो लागुऔषध हेरोइनसहित विदेशी नागरिक पक्राउ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • शुक्रबार, १० आषाढ, २०७९
  • 6 days ago
  • नेपाल

एजेन्सी । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका क्षेत्रमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार किलो ९०० ग्राम अवैध लागुऔषध हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  

 

पक्राउपर्नेमा ताञ्जानियाका नागरिक ३० वर्षीय अब्दुल्लाह अबुलिकीसहित चार जना रहेका छन् । अबुलिकीको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्दा सुटकेसभित्र फल्सबटम बनाई लुकाइराखेको उक्त हेरोइनसहित काठमाडौँको बौद्धस्थित होटलबाट उनलाई नियन्त्रणमा लिइएको थियो । 

 

उनी फ्लाई दुबईको उडानद्वारा साउथ अफ्रिका, दुबई हुँदै काठमाडौँ आएको खुलेको छ । साथै उक्त लागुऔषध लिन आएका भारत हरियाणा घर भएका ४६ वर्षीय मुनिम सिंह, सोही ठाउँका ४३ वर्षीय विक्रमजित सिंह र पर्सा ३० वर्षीय बिक्की रौनियारलाई समेत प्रहरीले पक्राउ ब्युरोले बिहीबार एक सूचना जारी गरी जनाएको छ । 

 

यसैगरी काठमाडौँ महानगरपालिका–२७ स्थित सडक किनाराबाट १९ ग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा झापाका अनुप बराइली भन्ने ३६ वर्षीय होमबहादुर विश्वकर्मा र काठमाडौँ कागेश्वरीका रोशन फुयाँल रहेका छन् ।

 

होमबहादुर बस्दै आएको काठमाडौँ महानगरपालिका–७ स्थित होटल थ्री डिको १०१ नम्बरको कोठाबाट थप ५२ ग्राम खैरो हेरोइन, ४३ ग्राम ५०० मिलीग्राम लागुऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ, एक थान डिजिटल तराजु, नगद रु एक लाखसमेत प्रहरीले बरामद गरेको छ । 

 

उनीहरू उपर लागुऔषध मुद्दामा म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 45 minutes ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 52 minutes ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 1 hour ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।