त्यो आर्सनल, अनि यो आर्सनल !

Norvic Hospital

काठमाडौं । म आर्सनलको फ्यान । 'लण्डन इज रेड' भन्दै आफूलाई गनर भनेर चिनाउन गौरवान्वित हुने समर्थक । समय थियो भर्खर-भर्खर फुटबल हेर्न थालेको थिए । फुटबल हेर्दा थोरै-थोरै मजा आउन थालेको थियो । सन् २००६ मा पहिलोपटक हाम्रो ठाउँमा केबल नेटवर्क जडान गरिएको थियो ।

 

 

हाम्रो दाई त्यसका लागि निकै तातिनुभएको थियो । किनभने त्यसबेला जर्मनीमा फुबटलको महाकुम्भ १८ औं फिफा विश्वकप आयोजना हुँदैथियो । त्यस फुटबल हेर्नका लागि भन्दै दैनिकजसो दाई केबल नेटवर्कसँग जानुहुन्थ्यो । हाम्रो ठाउँमा सर्वप्रथम केबल नेटवर्क जडान हुनुमा त्यसको श्रेय बासुदाईलाई नै दिन चाहन्छु । पहिलोपटक हाम्रो घरमा नै त्यसबेला केबल जडान गरी सबैले जर्मनी र कोस्टारिकाबीचको उद्घाटन खेलको मजा लिइयो । जसमा जर्मनी ४-२ गोलले विजयी बनेको थियो ।

 

 

त्यसबेला क्लब फुटबलको मलाई त्यती जानकारी थिएन न पूरा फटबलको नै । त्यस विश्वकपबाट मेरो फुटबलमा मोह बस्यो । त्यसबेला स्कुले जीवनको बर्खे विदा जसमा करिब ४५ दिन स्कुल छुट्टी हुन्थ्यो । ठिक त्यसैबेला विश्वकप चलेको थियो । त्यसको भरपुर मनोरञ्जन मैले लिएको थिएँ । यसरी फुटबल हेर्न सुरुवात गरेको मैले विश्वकप सकिएपछि २-३ वर्ष फुटबलमा ग्याप नै रह्यो । यस्तैमा जब स्पोट्र्स च्यानल हेरिरहेको थिएँ त्यहाँ फ्रान्सका महान खेलाडीमध्येका एक थिएरी हेन्रीको उत्कृष्ट गोलहरु भन्दै देखाइरहेको थियो ।

 

 

त्यतीबेला सन्तोष दाईले भन्नुभयो, 'यो खेलाडी एकदमै खतरा छ, यसले मौका पाएपछि मिस नै गर्दैन । गोल गर्नमा एकदम माहिर छ ।' अनि त्यसपछि मलाई खुल्दुली लाग्यो । को हुन् त दाइले यसरी चर्चा गरेका खेलाडी ? कता कता त्यही २००६ को विश्वकपमा फ्रान्सको टिमबाट फरवार्डमा खेलेजस्तो लाग्यो । अनि विस्तारै उनको बारेमा खोजी गर्न थालेँ । उनी आर्सनलका महान् फुटबलर रहेछन् ।

 

 

अब मेरो जिज्ञासा रह्यो आर्सनल क्लबको बारेमा । अनि ढल्कियो आर्सनलतर्फ सामिप्यता । यसरी म आर्सनलको फ्यान हुन पुगेँ । अति नै सामान्यरुपमा यसरी आर्सनलको फ्यान हुन पुगको म अहिले जारी सिजनमा तालिकाको १५ औं स्थानमा रहेपनि म अझै आर्सनलको समर्थक । 

 

 

अब थोरै प्रसङ्ग बदलौँ, सन् १९९२ फेब्रुअरी २० मा क्लबहरुको सहमतिमा फुटबल लिग (१८८८ मा स्थापित) लाई हटाई एफए प्रिमियर लिगको स्थापना गरियो । जसको टेलिभिजनहरुले प्रशारण गर्ने अधिकारहरु पनि लिए । त्यस सिजनको पहिलो विजेता म्यान्चेस्टर युनाइटेड रह्यो जसले उक्त सिजनसहित १३ पटक उपाधि जितेको छ । त्यसपछि चेल्सीले ५, म्यान्चेस्टर सिटीले ४, आर्सनल ३, ब्लाकवर्न रोभर्स, लेस्टर सिटी र लिभरपुलले समान १/१ पकट उपाधि जितेका छन् । यसमध्ये म आर्सनलको समर्थक भएपछि सन् २००३-०४ को सिजनको उपाधि जितेर इतिहास रच्न सफल त्यस सिजनको आर्सनलको प्रदर्शनको बारेमा यहाँ ब्याख्या नगरी बस्न सकिँन ।

 

 

यो लेखको सबैभन्दा हाइलाइट पक्ष्य नै यही रहेको छ द इन्भिन्सीबल्सः अर्थात् अजय (पराजय गर्न नसकिने) । प्रिमियर लिगको यो १२ औं सिजन रहेको थियो । आर्सनलले एक खेलपनि पराजित नभई उपाधि जित्यो । योसँगै आर्सनल ३८ खेलमा एक खेलपनि पनि पराजित नभई उपाधि जित्ने पहिलो टिम बन्यो भने इतिहासमै एक खेल पनि पराजित नभई उपाधि जित्ने दोस्रो टिम । त्यसअघि ११५ वर्षपहिले सन् १८८९ मा प्रिस्टन नर्थ इन्ड क्लबले २२ खेलमा एक खेल पनि पराजित नभई उपाधि जितेको थियो । त्यसबेला आर्सनलको टिम निकै बलियो मानिन्थ्यो । ४९ खेलमा अपराजित यात्रा कायम राखेर रेकर्ड राख्न सफल रह्यो । त्यस सिजनपछि २००४-०५ मा आर्सनल उपविजेता बन्यो । त्यस सिजनदेखि आर्सनल २०१५-१६ सम्म लगातार च्याम्पियन्स लिग खेल्दै आयो । उक्त सिजनपछि आर्सनलको खेल खस्किँदै आयो । लगातार ४ वटा सिजनमा आर्सनलले च्याम्पियन्स लिगमा स्थान बनाउन सकेको छैन ।

 

 

सन् २०१८ मा २२ वर्षसम्म क्लब सम्हालेका आर्सेन वेंगरले आर्सनलको प्रशिक्षकबाट विदा लिए । आर्सनलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन टिम सम्हालेर फ्रि भएर बसेका स्पेनिस प्रशिक्षक युनाई एम्रीलाई २०१८ मे २३ मा प्रशिक्षकको जिम्मेवारी दियो । उनको पनि आर्सनलमा बसाई सुखद् रहेन । आर्सनलले उनको प्रशिक्षणमा राम्रो नतिजा ल्याउन नसकेको र ७ खेल लगातार पराजय भएपछि २९ नोभेम्बर २०१९ मा उनलाई बर्खास्त गर्यो । त्यसपछि म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवालाका सहायक रहेका र आर्सनलका पूर्व कप्तान समेत रहेका मिकेल आर्टेटालाई आर्सनलले २० डिसेम्बर २०१९ मा मुख्य प्रशिक्षकको जिम्मेवारी दियो । त्यसयता उनकै प्रशिक्षणमा आर्सनलले खेलिरहेको छ ।

 

 

प्रिमियर लिगमा पछिल्ला खेलहरु हेर्दा उनी थप दबाबमा देखिन्छन् । जारी सिजनमा आर्सनलले १४ खेलबाट ४ जितमात्र निकाल्न सकेको छ भने २ बराबरी खेल्दा ८ खेलमा पराजय ब्यहोरेको छ । मंगलबार रातिमात्र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीसँग ४-१ गोलले पराजित हुन पुगेको थियो । पछिल्ला नतिजाहरु हेर्दा प्रशिक्षक आर्टेटाको विकल्प हेर्न खोजिएको इंग्लिस मिडियाहरु बताउँछन् ।

 

 

यसरी आर्सनलले झुर प्रदर्शन गर्नुमा प्रशिक्षकसँगै आन्तरिक व्यवस्थापन पक्षपनि जिम्मेवार रहन्छ । र म पक्कैपनि आर्सनलको यस्तो प्रदर्शनमा खुसी छैन । जब आर्सनलको खेल सकिन्छ अनि निराशाजनक नतिजा आर्सनलले दिन्छ तब साथीहरुले इन्बक्समा चिढ्याउन थाल्छन् । रपनि म आर्सनलकै फ्यान । अन्तमा आर्सनलभित्रको आन्तरिक व्यवस्थापन राम्रो होस्, टिमका खेलाडीहरुमा कम्बिनेसन मिलोस्, टिमबाहिर रहेका मिडफिल्डर मेसुट ओजिललाई छिट्टै पिचमा देख्ने मेरो चाहना पूरा होस्, आउँदो शनिबार चेल्सीलाई पराजित गर्दै फेरी पनि म लण्डन इज रेड भनेर छाती ढक्क फुलाएर हिँड्न सकुँ अहिले लाई इतिश्री !

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रश्मिकाले फोब्र्सको यो लिस्टमा विजय, सामान्था र यशलाई पनि पछि पारिन्

  • 28 minutes ago
रश्मिकाले फोब्र्सको यो लिस्टमा विजय, सामान्था र यशलाई पनि पछि पारिन्

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् रश्मिका मन्डान्ना । दक्षिणमा सबैभन्दा व्यस्त अभिनेत्रीका रुपमा उनी परिचीत छिन् । उनको बलिउड एन्ट्रीसँगै रश्मिकाले छोटो समयमा नै आफ्नो स्टारडम बनाउ

प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

  • 33 minutes ago
प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

डोल्पा । जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रका कु

आज सुनको भाउ कति ?

  • 52 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।