बाल दिवसको अवसरमा आयोजित अनलाईन चित्रकला प्रतियोगितामा धनगढीकी अनुपा बनिन् प्रथम

काठमाडौं । ५६ औँ राष्ट्रिय बाल दिवसको अवसरमा कुमाल बिद्यार्थी समाज र कुमाल युथ मिडियाद्वारा आयोजित अनलाईन चित्रकला प्रतियोगिताको नतिजा सोमबार प्रकाशन भएको छ ।

 

प्रतियोगितामा धनगढीकी अनुपा कुमाल प्रथम भएकी छिन् । त्यस्तै प्रतियोगीतामा  पूर्वी नवलपरासीकी प्रविना कुमालले  दोश्रो ,अर्घाखाँचीकी रचना मुखिया कुमाल र गोर्खाकी निरुता कुमालले तेश्रो स्थान प्राप्त गरेका छन् । 

 

कोरोना भाइरसले निम्त्याएको विश्वव्यापी महामारीका कारण सिङ्गो मुलुक अकल्पनीय र असामान्य परिस्थितिबाट गुज्रिरहेकोले घरमै बसिरहेका बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक सँस्थाहरुले बताएका छन् ।  

 

महामारीका कारण मनोवैज्ञानिक असर समेत परिरहेकोले आम विद्यार्थीको मनोबललाई उच्च बनाउन चित्रकला प्रतियोगिताको आयोजना गरिएको कुमाल विद्यार्थी समाजका अध्यक्ष नविन मुखिया कुमालले बताए । उनले अनलाइन कार्यक्रम मार्फत विद्यार्थीलाई सिर्जनात्मक र थप क्रियाशील बनाउने उदेश्यले राष्ट्रिय बाल दिवसको अवसर पारी अन्लाईन चित्रकला प्रतियोगिता आयोजना गरिएको बताएका छन् । 

 

चित्रकला प्रतियोगितामा नेपाल कमर्सियल आर्ट रुपन्देहीका सचिव दशरथ कुमालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई रु २ हजार पाँच सय , दोश्रोलाई १ हजार पाँच सय र तेश्रोलाई एक हजार प्रदान गरिएको छ ।  

 

प्रतियोगितामा २१ जना कुमाल समुदायका विद्यार्थी प्रतियोगिहरु सहभागी भएका थिए । भाद्र २० देखि २८ गते सम्म प्राप्त चित्रहरुलाई प्रतियोगीतामा समाबेश गरिएको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 2 hours ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 3 hours ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 3 hours ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।