आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु
- सोमबार, २० आषाढ, २०७९
- 1 month ago
- नेपाल

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिकांश पीडितले मुद्दाको बयान फर्ने गरेको पाइएको हो ।
उनीहरुले पीडितहरू झन्झटिलो न्याय प्रणाली, खर्चिलो कानूनी सेवा, अशिक्षा र आर्थिक प्रलोभनमा परेर अदालतमा बयान फेर्न बाध्य भइरहेको बागलुङका मानव अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।
न्यायिक प्रक्रियाको अन्तिम चरणसम्म पीडितको बयान एउटै नभएका कारण पीडितहरु थप पीडामा पर्ने गरेको अधिकारकर्मी राम शर्माले बताए । आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश पीडितहरु बन्धक हुने गरेको बताए । बलात्कार, यौन दुव्र्यवहार, हत्या र अधिकांश बहुविवाह कसुरका पीडितहरु अदालतसम्म पुग्दा ‘होस्टाइल’ भइसक्ने गरेको शर्माको भनाइ छ ।
बयान फेरेपछि शुरुको अनुसन्धानमा खटिएको प्रहरी र सरकारी वकिलको कार्यालयलाई समेत अपजस आउने गरेको महिला अधिकारकर्मी लक्ष्मी जिसी कार्कीले बताए । उनले पीडितहरुले झन्झटिलो र खर्चिलो कानूनी प्रक्रियाले गर्दा पीडितहरुले अदालतमा बयान फेर्न बाध्य हुनेगरेको बताए । सुरुमा न्यायको खोजीमा प्रहरी हुँदै अदालतसम्म पुग्दा घरको आर्थिक अवस्था कमजोर भएकाले थेग्नै नसक्ने अवस्था भएपछि आर्थिक प्रलोभन, सामाजिक बहिस्कार र डर धम्कीका कारण पीडितले बयान फेर्ने गरेको उनको भनाइ छ ।
बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले हिंसा पीडितका लागि राहत कोष स्थापना गर्ने, पीडितलाई रोजगारीमा जोड्ने र उनीहरुको अवस्थाबारे अनुगमन गर्ने योजना ल्याएकाले केही हदसम्म पीडितलाई न्याय दिलाउन सहयोग पुग्ने बताए।
खड्काले पछिल्लो समय गरिबी, अशिक्षा र अज्ञानताले मात्र नभएर धन सम्पत्ति र उच्च वर्गका व्यत्तिहरूमा समेत परिवर्तित हिंसाका स्वरूप देखा पर्न थालेको बताए।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बेरोजगारी, आर्थिक अवस्था कमजोर र अशिक्षाका कारण पीडकलाई कानूनी दायरामा ल्याउँदै गर्दा पीडितहरूको परिवार थप कमजोर बन्दै गएका घटनाहरु सार्वजनिक हुने गरेको भन्दै सरोकारवाला निकायले उनीहरुको अधिकारको बारेमा सचेत बन्दै अवस्था परिर्वतनको बारेमा सोच्नुपर्ने बताए ।
अपराधमा संलग्न व्यक्तिबाट प्रत्यक्षरूपमा एकदुई जनालाई अन्यायमा परे जस्तो देखिए पनि उसको पछाडि पीडामा पर्नेहरुको सङ्ख्या ठुलो हुने भन्दै ज्ञवालीले स्थानीय सरकार, इन्सेक र सरोकारवाला नियकायहरु अन्य पीडितको बारेमा पनि संवेदनशील बन्नुपर्ने बताउनुभयो । स्थानीय सरकारले हिंसा पीडितका लागि कोष निर्माण गरेर गर्न सक्ने काम पनि नगरेको भन्दै उनले जिल्लाका १० वटै स्थानीय तहलाई हिंसा पीडित कोष स्थापना गर्नका लागि सबैले दवाब दिनुपर्ने बताए ।
बागलुङमा २०२२ जनवरीदेखि जुन १५ सम्म २७ वटा यौन तथा घरेलु हिंसाका घटना घटेको पाइएको मानवअधिकारको क्षत्रमा कार्यरत औनपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका बागलुङ प्रतिनिधि सृजना पन्तले जानकारी दिनुभयो । उक्त अवधिमा बाल विवाह एक, बलात्कार र बलात्कार प्रयास १०, अपहरण तथा शरीर बन्धक एक गरी बालअधिकारका १२, हत्या र हत्या प्रयासका एक, बहुविवाहका चार, आत्महत्या दुरुत्साहनका दुई र घरेलु हिंसाका आठ गरी महिला अधिकारका १५ वटा घटना रहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक
- 20 minutes ago

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने
- 1 hour ago

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा
- 2 hours ago

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।