अमेरिकी काला अल्पसंख्यक-सिमान्तकृत समुदाय र विद्रोहको बर्तुलकार सिद्दान्त

Norvic Hospital

बिषय प्रवेश

 

चाहे अमेरिकी काला जाति होउन् वा रेड ईण्डियन अल्पसंख्यक नै किन नहुन विद्रोह र मौनताको चक्र ढाँचामै उनीहरुको अभिव्यक्ति चलिरहेको छ । यसलाई प्रतिबिम्बित गर्ने काम मिडियाले गरिरहेकै छन् विविध सामाग्री र कभरेज मार्फत । अमेरिकामा त यतिबेला अल्पसंख्यक काला जातिले विद्रोह दौरान मिडियामै आगो लगाईरहेका छन् । पत्रकार समेत प्रभावित भैरहेका छन् ।

 

परिचय

विद्रोहको बर्तुलकार सिद्दान्तको जग सन् २०१२ मा हालिएको हो । नेपालमा बस्ने तिब्बती शरणार्थी अल्पसंख्यक-समुदायलाई नेपाली मिडियाले दिएको प्राथमिकता अध्यन गर्ने क्रममा ।  जसले मौनताको बर्तुलकार सिद्दान्तलाई प्रतिस्थापन गरि गलत सावित गरिदिएको छ । बरु अझ अगाडि बढेर मौनता र विद्रोहको चक्र ढांचा प्रस्तुत गर्ने काम समेत भएको छ । अमेरिकी विद्वानको सिद्दान्तलाई यसरी चुनौती दिँदै त्यसको अल्टरनेट थ्योरी तथा मोडल दिनु नेपालको आमसंचार अध्यनका लागि कोशेढुंगा भएको छ ।

 

मौनताको बर्तुलकार सिद्दान्त गलत

 

सन् १९७४ मा अमेरिकी पब्लिक ओपिनियन अध्येता एलिजावेथ नोली नुमेनले ईलियोनिसिस विश्वबिद्यालय अन्तर्गत रहेर तत्बखतको अमेरिकी राष्ट्रपतीय निर्वाचनको अल्पसंख्यक सिमान्तकृत द्रिष्टिकोणको अध्ययन गर्ने क्रममा ’छुट्टिनु पर्ने डरका कारण अल्पसंख्यक सिमान्तकृत समुदाय आफूलाई लागेको दृष्टिकोण पनि बहुमत समुदायको बोलवाला भएको परिस्थितिमा अभिव्यक्त नगरी बस्दछ र निरन्तर मौन रहन्छ’ भन्ने बताईन् । अझ अगाडि उनले भनिन, ’बिस्तारै बिस्तारै त्यो मौनताले बर्तुलकार स्वरुप लिन्छ अनि अल्पसंख्यक सिमान्तकृत समुदायको आवाज सधैको लागि हराउँछ ।

 

हो यो गलत थियो । आमसंचार अध्येताले सन् २०१४ सम्म यहि गलत सिद्दान्तलाई नै मानिरहेको देखिन्छ । पहिलोपटक सन् २०१३ मा मौनताको बर्तुलकार सिद्दान्तलाई प्रश्न गरियो । के साँच्चै अल्पसंख्यक सिमान्तक्रित समुदाय मौन रहन्छन ? के उनीहरुको अभिव्यक्ति नै सधैँका लागि बन्द हुन्छ त ? बहुसंख्यकबाट छुट्टिनुपर्ने डरका कारण ? के नुमेनले भनेको सहि छ ?

 

तिब्बती शरणार्थी जो नेपालमा अल्पसंख्यकका रुपमा बस्छन् उनीहरुको सन् १९५९ देखिको नेपाली मिडियाको कभरेज प्राथमिकताको अध्ययन, तथ्यांक अनि तथ्यबाट यो स्पस्ट हुन गयो कि वास्तवमा नुमेन गलत थिईनन् । उनको मौनताको बर्तुलकार सिद्दान्त गलत थियो ।

 

विद्रोहको बर्तुलकार सिद्दान्त सहि

 

तिब्बती शरणार्थी जस्तै अन्य नेपाली अल्पसंख्यक सिमान्तकृतको अभिव्यक्ति ढाँचा यदि गहन रुपमा हेर्ने हो भने एलिजावेथ नोली नुमेनले भनेजस्तो छुट्टिनु पर्ने डरका कारण उनीहरु नबोलेको देखिएन । अभिव्यक्त नै नभएको कहिँ कतै पनि देखिएन । मौन रहेर हराएर गएको त झनै कहिँ कतै देखिएन । बरु के देखियो भने अल्पसंख्यक सिमान्तिकृत समुदाय उदण्ड हुंदै गएको, विद्रोही हुंदै गएको, हिँसाजन्य अभिव्यक्तिमा बर्तुलकार स्वरुपमा सामेल हुंदै गएको चांहि पाईयो ।

 

कोही पनि अल्पसंख्यक सिमान्तकृत मौन सक्किएको त देखिँदै देखिएन । चाहे त्यो सन् १९५९ मा तिब्बतबाट भागेका शरणार्थी होउन्, चाहे अफगानीस्तान बाट सन् १९८० को दशकमा भागेका अफगानी शरणार्थी होउन्, चाहे सन् १९९० पछि भुटानबाट खेदिएर झापा आएर बसेका भुटानी शरणार्थीनै किन नहुन् कोहि पनि मौन सक्किएनन् । बरु आत्मदाह गर्ने, जुलुस गर्ने, घेराउ गर्ने, नारा लाउने आदि उदण्ड र विद्रोहमा उनीहरुले आफ्नो अभिव्यक्ति दर्शाईरहेको देखिन्छ । 

 

सुरुमा सानोतिनो विद्रोह गर्ने अल्पसंख्यक सिमान्तकृतले बिस्तारै..बिस्तारै बर्तुलकार स्वरुपमा विद्रोहलाई भयंकर बनाउदै लगेको प्रतक्ष्य उदाहरण मधेश आन्दोलनै हो जो मधेशी अल्पसंख्यक सीमान्तकृत समुदायको अभिव्यक्ति ढाँचा थियो । थारु, दलित, पिछडा वर्ग लगायत कोही पनि नुमेनले भनेजस्तो मौन रहेको देखिँदैन । मिडियामा उनीहरुका विद्रोहजन्य सामाग्रिहरु नै पढ्न र हेर्न पाईन्छ । विश्वका कोही पनि अल्पसंख्यक सीमान्तकृत अभिव्यक्ति नगरी मौन रहेर त्यस्सै त्यस्सै सकिएको छैन । बरु बर्तुलकार स्वरुपमा विद्रोहमै उत्रिएको देखिन्छन्  सबै । महिला अधिकार आन्दोलन होस् या जाति..जनजाति अधिकार, चाहे लैङ्गिक अल्पसंख्यकको सवालनै किन नहोस विद्रोहको बर्तुलकार सिद्दान्तनै सहि सिद्दान्त हो अल्पसंख्यक सिमान्तकृत समुदायको अभिव्यक्ति ढाचाको लागि । 

 

 

मौनता र विद्रोह चक्र ढाँचा

 

यसरी  संसारभरकै अल्पसंख्यक तथा सिमान्तकृत समुदायको अभिव्यक्ति पद्दतिलाई नियाल्दा के देखिन्छ भने बरु यिनीहरुको अभिव्यक्ति ढाँचा मौनता र विद्रोहको चक्रिय स्वरुपमा चाहिँ पक्कै छ । अल्पसंख्यक तथा सिमान्तकृतहरु सधैं विद्रोह विद्रोह भनेर मात्रै बसेको पनि देखिदैन । अभिव्यक्तिमा विद्रोहको तयारि अनि बिद्रोहको उत्कर्ष पछि मौननै रहेको समेत देखिन्छ जुन निकै छोटो समयलाई मात्रै हो । नुमेनले भनेजस्तो सधैलाई होईन । गुमनाम भएर जाने भन्नेनै छैन । परिस्थिति तथा अनुकुलता नपाउञ्जेल मात्रै त्यो मौन रहेको जस्तो देखिएको मात्र हो । 

 

खासमा अल्पसंख्यक तथा सिमान्तकृत सदस्य ब्यक्तिगत रुपमा त सधै विद्रोहकै अवस्थामा हुञ्छ । त्यसले सामुहिक स्वरुप लिन अनुकुलता र परिस्थिति खोजेको मात्रै हो । विश्वभरिकै अल्पसंख्यक-सिमान्तकृतको गति यहि हो । चाहे अमेरिकी काला जाति होउन वा रेड ईण्डियन अल्पसंख्यक नै किन नहुन, बिद्रोह र मौनताको चक्र ढाँचामै उनीहरुको अभिव्यक्ति चलिरहेको छ । यसलाई प्रतिबिम्बित गर्ने काम मिडियाले गरिरहेकै हुन्छन् विविध सामाग्री र कभरेज मार्फत । बिश्वभरिका मिडियाको प्राथमिकताको थोरै अध्यनमै पनि यो स्पस्ट हुन्छ ।

 

कारण के हो त ?

 

प्रष्ट छ, मनोविज्ञानका दार्शनिक भन्छन्, जुन चिज आफूलाई गर्न मन लाग्छ यदि त्यसलाई कुनै डरले गर्दा दबाईयो भने अनुकुल परिस्थिति पाउँदा त्यसले बिस्फोटको रुप लिन्छ । त्यसैले केहि पनि कुरा जर्बजस्ती दबाउनु हुंदैन । ठिक यहि नियम लागु हुन्छ अल्पसंख्यक सीमान्तकृत समुदायको सवालमा पनि । बहुमत समुदाय संग छुट्टिने डरले यदि अल्पसंख्यक समुदाय बोल्नैे छोड्यो, अभिव्यक्तिनै गर्न छोड्यो भने त्यो त जर्वजस्ती छोडेको हुन्छ । अभिव्यक्त हुन मन छ तर डर छ कि, बहुमत बाट छुट्टिनुपर्छ ! कानुनी अनि नैतिक डरले जब यसरि अभिव्यक्ति दबाईञ्छ त्यसले बिस्तारै सामुहिक मनोविज्ञानको स्वरुप लिन्छ । भित्र भित्रै । अनि अनुकुल परिस्थिति पाउने बित्तिकै त्यो बिष्फोट हुन जान्छ । जसले हिँसाको रुप लिन्छ । विद्रोहको रुप लिन्छ । 

 

 

 

स्वार्थ समुहको प्रायोजन झन् आगोमा घ्यु

 

राष्ट्रिय/अन्तर्रा्ष्ट्रिय राजनीतिक खिचातानी, शक्ति सङ्घर्ष, व्यापारयुद्ध, सितयुद्द, महामारी, आर्थीक मन्दी, दण्डहीनता, असहिण्णुता, गृहयुद्ध, प्राकृतिक प्रकोप, आदिले उत्पन्न गर्ने निरासा, भोकमरि, बेरोजगारी आदी दौरान रणनीतिक रुपमा अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई स्वार्थ समुहले प्रयोग गर्दा झन् विद्रोह भयावह हुन पुग्छ । राज्य संयंत्रले नियन्त्रण गर्नै नसक्ने गरि । जो यतिबेला अमेरिकामा भैरहेको छ । अझ प्रायोजन जति धेरै रकमको हुन्छ त्यतिनै ठुलो र भयंकर विद्रोह देखिन्छ । जसले समाजका सबै पक्षहरूलाई तहसनहस बनाई दिन्छ।

 

मिडियामा पर्ने असर

 

यसरी अल्पसंख्यकको अभिव्यक्ति विद्रोहको रुपमा हुंदा यसले मिडियालाई समेत असर पार्छ । मिडियामा ति विद्रोहजन्य गतिबिधि सामाग्रीका रुपमा समेटिन्छन् । जसको ठुलो संख्यामा प्रापक समेत हुन्छन । मिडियाकै व्यापार र बजेटलाई समेत यसले असर पारेको हुन्छ । कतिपय अवस्थामा सम्पादकीय स्वतन्त्रता, गोपनियता, आचारसंहिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत यसले गम्भीर प्रभाव पारिरहेको हुन्छ । गोर्खाल्याण्ड आन्दोलनमा पश्चिम बङ्गाल सरकारले त्यहाको अल्पसंख्यक नेपाली टेलिभिजन च्यानलनै बन्द गरिदिएको नजिकैको उदाहरण ताजै छ । अमेरिकामा त यतिबेला अल्पसंख्यक काला जातिले बिद्रोह दौरान मिडियामै आगो लगाईरहेका छन । रिपोर्टिङ दौरान पत्रकारहरु पक्राउ परिरहेका छन् ।

 

निष्कर्ष

 

अल्पसंख्यक सीमान्तकृत समुदाय बिद्रोह र शान्तिको चक्रीय स्वरुपमा आफूलाई अभिव्यक्त गर्नेगर्छन । जसले कुनैपनी समाजको लोकतान्त्रीकरण (प्रजातान्त्रिकरण) लाई समेत प्रभावित पार्दछ । साथै समाजको लोकतान्त्रीकरण (प्रजातान्त्रिकरण) ले पनि उनीहरुको अभिव्यक्ति प्रक्रियालाई निर्धारण गर्दछ । र उक्त चक्रीय ढाचाको अभिव्यक्ति प्रक्रियाले लोकतान्त्रिक समाजका मुल्य र मान्यताहरुलाई पनि सधैं प्रभावित गरिरहेको हुन्छ ।

 

उपसंहार

 

यसरी निष्कर्ष यहि निस्कन्छ किः अल्पसंख्यक-सिमान्तकृत समुदायको आफ्नै अभिव्यक्ति सिद्दान्त र ढाँचा छ । त्यसै अनुरुप उनीहरु समाजमा अभिव्यक्त हुन्छन । मिडिया तथा संचारकर्मीले समेत यो स्वरुपलाई बुझेर मात्र उनीहरुको कभरेज गर्नु उपयुक्त हुन्छ । साथै राज्य तथा राज्यसंयन्त्र समेत उनीहरुको अभिव्यक्ति प्रक्रियाबारे सचेत रही त्यहि अनुरुप ब्यबहारमा उत्रदा समाजको लोकतान्त्रिक (प्रजातान्त्रिक) प्रणाली, स्वतन्त्रता, सामाजिक मूल्य, अमनचयन, बिकास, शान्ति र समुन्नति सहि ढंगबाट हुन जान्छ ।

 

(डा. अर्याल अल्पसंख्यक सञ्चार अध्येता हुन् ।)

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

  • 6 hours ago
तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक

पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

  • 6 hours ago
पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

एजेन्सी । फ्रान्सको इले–डे–फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेसेले शनिबार पार्टीको चुनाव जितेर अप्रिल २०२२ मा हुने राष्ट्रपति चुनावमा लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्नेछन् ।

सूर्य नेपाल गल्फ सोमबारबाट

  • 6 hours ago
सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने



पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।