एशियाडमा चीनले जित्यो १८ स्वर्णसहित ४० पदक

  • मंगलबार, ५ भदौ, २०७५
  • 1 year ago
  • खेल

काठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले १८ वटा स्वर्ण, १३ रजत तथा ९ काँस्य पदक सहित कूल ४० पदक जितेको छ । चीनले स्विमिङतर्फबाट ७ स्वर्ण, सुटिङ्गबाट ४ स्वर्ण, उस्सुबाट ४ स्वर्ण, फेन्सिङबाट १ स्वर्ण, साईक्लिङबाट १ स्वर्ण तथा आर्टिस्टिक जिम्न्यास्टिकबाट १ स्वर्ण जितेको हो । 

 

त्यस्तै, जापानले ८ स्वर्ण, १२ रजत तथा ११ काँस्य पदक सहित ३१ पदक जितेको छ । जापानले स्विमिङबाट ७ वटा स्वर्ण तथा इकुइस्ट्रेनबाट १ स्वर्ण जितेको हो । त्यस्तै, अर्को राष्ट्र कोरियले पनि ५ स्वर्ण, १० रजत तथा ११ काँस्यपदक सहित २६ उपाधि जितेको छ । भने, आयोजक राष्ट्र इन्डोनेसियाले ४ स्वर्ण, २ रजत तथा ३ काँस्य, उत्तर कोरियाले ४ स्वर्ण, १ रजत तथा २ काँस्य, इरानले ३ स्वर्ण ३ रजत तथा ३ काँस्य, चाइनिज ताइपेइले ३ स्वर्ण, १ रजत तथा ४ काँस्य जितेको छ । 

 

भारतले यो समाचार तयार पार्दासम्म ३ स्वर्ण, २ रजत तथा २ काँस्य पदक जितेको छ । भारतले रेस्लिङमा २ वटा स्वर्ण पदक जितेको हो । हालसम्म १३ राष्ट्रले मात्रै स्वर्ण पदक जितेका छन् भने १० राष्ट्रले मेडल भित्र्याएका छन् ।

 


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 2 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 2 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 2 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।