विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी र सरकार ठप्पै भएको आरोप लगाएकी छिन् । शुक्रबार दिउँसो थापाथलीमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुलाई सम्बोधन गर्दै शाक्यले उक्त कुरा बताएकी हुन् ।

 

भेलामा शक्यले पहिलो नम्बरको अध्यक्ष ओली भनिएपछि सोही अनुसारकै व्यवहार पनि देखाउनुपर्ने उनले बताएकी हुन् । बैठक नै बस्न नमान्ने, बैठक भइहाले बस्न नमान्न पनि पहिलो नम्बरको अध्यक्ष हुन्छ ? भन्दै उनले ओलीको आलोचना गरेकी हुन् ।

 

अष्टलक्ष्मी शाक्यले भेलामा राखेको भनाइको सार

 

‘भोलिको सचिवालय बैठक निर्धारित समयमा बस्छ । ओली कमरेडले अस्तिको बैठकमा म आउन्नँ, छलफलमा भाग लिन्नँ, प्रचण्डको प्रतिवेदन म मान्दिनँ भन्नुभयो, यो भन्न उहाँले पाउनुहुन्न । निकास भनेको बैठकबाट नै हुन्छ । दुईवटा प्रतिवेदन आए भन्दैमा पार्टी विग्रहतिर जान्छ भन्ने मलाई लाग्दैन ।

 

दुवैको प्रतिवेदन अघि राखेर खुलस्त ढंगले छलफल गर्नुपर्छ । त्यसो हो भने एक दुई दिन लाग्छ होला, तर सकारात्मक निष्कर्षमा पुग्छ । त्योबाहेक अन्य विकल्प खोज्ने हो भने नोक्सानी बेहोर्नुपर्छ । बैठकमा बस्दिनँ, मान्दिनँ भन्नेलाई नै ठूलो नोक्सानी हुन्छ ।

 

प्रस्ताव आइसकेपछि लिखित जवाफ दिने तर छलफलमा भाग नलिने भन्ने पनि हुन्छ ? भाग्न मिल्छ ? बैठक छाडेर जान मिल्छ ? समस्याको समाधान बाहिरबाट हुँदैन । नेकपा एमाले र माओवादी उहाँले नै एकीकरण गर्नुभएको हो । उहाँले त झनै एकढिक्का बनाएर अघि बढ्नुपर्ने थियो ।

 

उहाँको सोच शैलीले पार्टीभित्र समस्या सिर्जना भइरहेको छ । अप्ठ्यारो भएको छ । यो लोकतान्त्रिक शैली होइन । बैठक छोडेर कहीँ पनि जान सक्नुहुन्न । ओली कमरेडले त्यो विचार पनि राख्नुहुन्न । फाइदा छैन । पार्टीलाई कसले कसलाई सकाउने रु जति मिलेर जान सक्यो पार्टीको भविष्य त्यहीँ हुन्छ ।

 

ओली सहभागी नभए पनि पार्टी बैठक अघि बढ्छ । सहमति मात्र पार्टीको विधि होइन के । अल्पमत र बहुमत पनि पार्टीको विधि हो । हिजैदेखि हामीले यो अभ्यास पनि गर्दै आएका छौं । दुईवटा प्रतिवेदन छ, कसरी अघि बढ्ने भनेर उहाँ छलफलमा आउनैपर्छ ।

 

बहुमतको निर्णय नमानेर के गर्नुहुन्छ ? अध्यक्ष भएपनि उहाँ पार्टीभन्दा माथि हुनुहुन्न ।’


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)

  • 1 hour ago
प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज सिठी जुलुस गरिरहेको छ । तेस्रो चरणको आन्दोलनको पहिलो दिन यो समूहले सिठी जुलुस गरेको हो ।

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

  • 1 hour ago
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिए

बेलायतले पनि नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउने

  • 1 hour ago
बेलायतले पनि नेपाललाई  कोरोना भ्याक्सिन उपलब्ध गराउने

काठमाडौं । नेपाललाई बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत कोराना विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ ।



पर्यटन

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।