केपी ओली कमरेड होइनन् प्रतिगमनकारी हुन्ः अष्टलक्ष्मी शाक्य
- बुधबार, २९ पुष, २०७७
- 1 week ago
- राजनीति

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहको नेकपाको स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओली ओली कमरेड नभएर प्रतिगमनकारी भएको बताएकी छन् । बुधबार प्रचण्ड–नेपाल नेतृत्वको काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शाक्यले कमरेड नभएर ओली प्रतिगमनकारी भएको बताएकी हुन् ।
‘अब केपी ओली कमरेड हैन, कमरेड भन्न छोडिसकेको छु । उहाँ प्रतिगमनकारी हो । तानाशाही हो, स्वेच्छाचारी हो । उहाँले गणतन्त्रलाई धावा बोल्यो । हामीले दुःख गरेर ल्याएको संविधानमा धावा बोले । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अपहरण भएको छ । आज हामीले त्यस्तो व्यक्तिलाई किन कमरेड भन्ने ?,’ शाक्यले भनिन् ।
त्यस्तै, शाक्यले ओलीको प्रगिगमनविरुद्ध काठमाडौँ तातिसकेको भन्दै अब आन्दोलन नसेलाउने बताइन्। ‘काठमाडौँ तात्दै तात्दैन, तातेपछि सेलाउँदैन । ओलीको प्रतिगमनविरुद्ध काठमाडौँ तातिसक्यो अब परिवर्तन भएर छाड्छ’ उनले भनिन्।
अब ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने बेला भइसकेको बताइन्। ओलीको कुरा सुन्न फुर्सद अब जनतासँग नभएको भन्दै शाक्यले पुष्पलालबाट प्रशिक्षित काठमाडौँले लोकतन्त्रको साथ दिने बताइन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा
- 2 hours ago

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपच
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'
- 3 hours ago

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल
- 3 hours ago

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।