वाजपेयीको निधनप्रति विशिष्ट व्यक्तिहरुले गरे शोक व्यक्त

नयाँ दिल्ली, भारत । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति भेन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनप्रति शोक व्यक्त गरेका छन् ।

 

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ बर्षको उमेरमा नयाँ दिल्लीमा बिहीबार भएको निधनबाट यो संसारले एक ‘शालीन नेता’लाई गुमाएको छ । उनले मधुमेह,मृगौलालगायतका समस्याले ग्रस्त बनेपछि विगत नौ हप्तादेखि भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत थिए । लामो समय सफल राजनीतिक नेतृत्वको जिम्मेवारीपछि वाजपेयीले केही वर्ष यता राजनीतिबाट सन्यास लिएका थिए ।

 

राष्ट्रपति कोविन्दले ट्वीटरमा एक शोक सन्देश लेख्दै भनेका थिए, “हाम्रा पूर्व प्रधानमन्त्री तथा भारतीय राजनेता श्री अटल बिहारी वाजपेयीको निधनको खबरले म निकै दुःखी बनेको छु ।”

 

“उहाँको नेतृत्व, दीर्घ सोच, परिपक्वता, वाकपटुताले उनलाई विश्वभर एक कुशल नेताका रूपमा चिनिन्थ्यो । उहाँलाई सबैले सधैँ सम्झिरहनेछन् ।”

 

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटरमा लेखेका छन्, “भाजपाका नेताको अवसानसँगै यस युगको समाप्त भएको छ ।” 

 

“भारत हाम्रा प्रिय अटलजीको निधनमा गहिरो शोकमा डुबेको छ । उहाँको निधनबाट एक युगको अन्त्य भएको छ । उहाँ राष्ट्रका लागि बाँच्नुभयो र दशकौँसम्म परिश्रमका साथ काम गर्नुभयो । यस दुःखद घडीमा म उहाँको परिवारजन, भाजपाका कार्यकर्ता तथा शुभेच्छुकको साथमा रहने प्रतिवद्धता जाहेर गर्न चाहन्छु । ओम् शान्ति ।” “वाजपेयीको निधनले मेरो व्यक्तिगत जीवनमासमेत अपूरणीय क्षति पुगेको छ ।” 

 

त्यसैगरी भारतीय उप–राष्ट्रपति भेन्काय नाइडुले पनि वाजपेयीलाई “एक सच्चा भारतीय” भन्दै उहाँको निधनबाट भारतलाई अपूरणीय क्षति पुगेको बताएका छन् । 

 

लामो समय भारतीय राजनीतिमा रहनुभएका ९३ बर्षीय वाजपेयीको बिहीबार ५ बजेर ५ मिनेट जाँदा दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको थियो । 

 

उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत जुन महिनाको ११ गते एम्समा भर्ना गरिएको र पछिल्लो ३६ घण्टासम्म स्वास्थ्यस्थिति स्थिर रहेको थियो । तर ३६ घण्टा यता उहाँको स्वास्थ्य निकै गम्भीर बनेपछि ‘लाइफ सपोर्ट सिस्टम’ को सहयोगमा उपचार भैरहेको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

  • 44 minutes ago
आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल र अनिल कपुर । पछिल्लो ३५ वर्षदेखि यी दुई कलाकारबीच बोलीचाली बन्द रहेको छ । आखिर ३५ वर्ष अगाडि के भएको थियो ?

दशैँमा गाउँतिरको पीडा

  • 52 minutes ago
दशैँमा गाउँतिरको पीडा

पर्वत । पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुगिन् । घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले

नेपाली कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

  • 59 minutes ago
नेपाली कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।