सिड्नी ट्रेन स्टेसनमा महिलामाथि आक्रमण गरेर लुटपाट

सिड्नी । पछिल्लो समय अष्ट्रेलियाको मुख्य मध्येको एक शहर सिड्नीमा अप्रिय घटनाहरु बढ्दो छ । हत्या, लुटपाट, यौन दुव्र्यवहारजस्ता घटनाका कारण एनएसडब्लु प्रहरी सदाभन्दा सक्रिया भए पनि घटनाहरुमा भने कमी आउन सकेको छैन । 

शुक्रबार बिहान सिड्नीको किङ्सउड स्टेशनमा एक ५० वर्षीया महिलामाथि दुई जनाले सांघातिक आक्रमण लुटपाट गरेका छन् ।  बिहान सवा ५ बजेतिर दुई जनाले ट्रेन कुरेर बसेकी महिलामाथि आक्रमण गरेर घाइते बनाएका छन् भने उनीहरुले महिलासँग भएका कुराहरु पनि लुटेर लगेका छन् । 

प्रहरीका अनुसार दुई पुरुषहरुले उक्त महिलालाई जोसेप एण्ड अमारो स्ट्रिटबाट पछ्याएका थिए । पुरुषहरुले उक्त महिलासँग भएको पछाडि बोक्ने झोला, पर्स तथा मोबाइल लुटेका हुन् । 

घटनापछि उक्त महिला घर फर्किएका थिइन् । त्यसपछि भने उनको पार्टनरसँग उपचार गर्नको लागि अस्पताल गएकी थिइन् । उनको अनुहारमा चोटै चोट लागेको छ । हाल उनले घरमा बसेर औषधि सेवन गरिरहेकी छिन् । 

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरेर अपराधीहरुको खोजी गरिरहेको जनाएको छ । 

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

  • 3 hours ago
कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।

आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरी...

  • 3 hours ago
आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरी...

काठमाडौँ । सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरीलाई आज सम्मान गरिएको छ ।

उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितकोे मृत्यु

  • 3 hours ago
उपचारका क्रममा  एक जना कोरोना सङ्क्रमितकोे मृत्यु

कोहलपुर । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

राति निन्द्रा परेन, अब यी उपायहरु अपनाउनुहोस्

राति निन्द्रा परेन, अब यी उपायहरु अपनाउनुहोस्

एजेन्सी । दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व