एकै मञ्चबाट गायकदेखि कलाकारसम्म खोज्ने ट्यालेन्ट हन्टको अडिसन खुल्ला

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ। नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ। 

 

आयोजक साइना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ। सोका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नेछन्।

 

रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन्। साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला रहेका छन भने निर्देशकमा हरी शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला रहेका छन्।

 

सोमा विजेता हुने प्रतियोगीले पचास लाख देखि विभिन्न अबसर सम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ। योबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउन सक्ने आयोजकको दाबी छ।

 

अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाइ आयोजकको ठेगानामा पठाउनुपर्नेछ। यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्नेछ। असोजमा विजेताको छनोट गरिने आयोजकले जनाएको छ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

  • 25 minutes ago
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको

पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

  • 1 hour ago
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक

सन्दीपले लंका प्रिमियर लिग खेल्ने

  • 1 hour ago
सन्दीपले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।