जब अष्ट्रेलियामा रहेका चिनियाँ नागरिकले सबैलाई भावुक बनाए (भिडियो)

एजेन्सी । विश्वभर कोरोना भाइरसको त्रास रहेको छ । विशेष त यस भाइरसले चीनमा बिनाश मच्चाइराखेको छ । अष्ट्रेलियामा रहेका चिनियाँ विद्यार्थी तथा नागरिकले केही यस्तो भावुक बनाउने काम गरेका छन् जुन पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइराखेको छ ।

चीनमा संक्रमितहरुको संख्या उच्च भएसँगै चिकित्सकहरुको कमी हुँदै गएको छ । गम्भीर संकटको यस घडीमा अष्ट्रेलियामा रहेका चिनियाँ नागरिकले गरेको एउटा कामले सबैलाई भावुक बनाएको छ । 

अष्ट्रेलियामा रहेका चिनियाँ नागरिकले मेलबर्नबाट चीनको गुञ्जाओ सहरमा आउने प्लेनको सबै टिकट किने । उक्त प्लेनको हरेक सिटमा उनीहरुले खानेकुराहरु राखेर पठाइदिएका छन् । चिनियाँ नागरिकले गरेको उक्त कार्यको तारिफ  चिनियाँ विदेश मन्त्रालयले गरेको छ । मन्त्रालयले उक्त प्लेनमा पठाएको खानाहरुको भिडियो सार्वजनिक समेत गरेको छ । 

चीनमा पछिल्लो समय संक्रमितलाई उपचार गर्ने ठाउँको व्यवस्था पनि हुन सकेको छैन । सरकारले यसको तयारी गरेपनि त्यो पर्याप्त हुन नसकेको बताइएको छ । दिनप्रतिदिन संक्रमितको संख्या बढेसँगै चिनियाँ सरकारको तनाव पनि बढेको छ । हालसम्म चीनमा ११ सयभन्दा बढीको ज्यान गइसकेको छ भने ४५ हजारभन्दा बढी संक्रमित भएको बताइएको छ । 

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

  • 4 minutes ago
तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।

गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना सङ्क्रमण

  • 18 minutes ago
गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना सङ्क्रमण

कास्की । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नवाजुद्दीन सिद्दीकी र उनको परिवारलाई ठुलो राहत, अदालतद्वारा पक्राउ नगर्न आदेश

  • 26 minutes ago
नवाजुद्दीन सिद्दीकी र उनको परिवारलाई ठुलो राहत, अदालतद्वारा पक्राउ नगर्न आदेश

एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी मजुफ्फरनगरको बुधानामा दर्ता गराइएको एफआइआर मामिलामा ठुलो राहत मिलेको छ ।

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व