अष्ट्रेलियाबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

सिड्नी । आजकल हरेक जो कोहीको सपना अष्ट्रेलिया हुने गरेको छ । पढाइको कारणले होस् वा व्यापारका दृष्टिकोणले अष्ट्रेलिया जानेको लर्को लागेको छ । अष्ट्रेलियाबारे केही यस्ता अजगगजबका कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा रहेको छ । 

 

अष्ट्रेलियाको कोर्ट अफ आर्ममा दुई स्थानिय जनावरको चित्र अंकित छ । एक इमु र अर्को कंगारु । दुवै अगाडि मात्र बढ्न सक्छन् जसलाई अष्ट्रेलियाको समृद्धीको प्रतिक समेत मानिन्छ । त्यसले अष्ट्रेलिया संधै अगाडि बढ्ने जनाउछ ।

 

अष्ट्रेलियन प्रिमियर बियर ब्रान्ड फोस्टर बाहिर देशमा जति चर्चित छ अष्ट्रेलियामा खासै मानिसहरुले पिउदैँनन् । अष्ट्रेलियाको केही ठाउँमा त यो बियर पाइदा पनि पाइदैन । तर, यो बियर युके लगायत अन्य देशहरुमा धेरै नै लोकप्रिय छ ।

 

जब तपाइले अष्ट्रेलिया र अमेरिकाको जमिनको तुलना गर्नुहुन्छ भने अष्ट्रेलिया अमेरिकाभन्दा अलिकतिमात्रै सानो छ । यसलाई अमेरिकाको ४८ स्टेटसँग तुलना गरेर हेर्ने हो भने सानो क्षेत्रफलले मात्रै अमेरिका ठुलो देखिन्छ । धेरै मानिसहरले अष्ट्रेलियालाई एक सानो देशको रुपमा लिन्छन् । तर, यो धेरै ठूलो देश हो । तुलनात्मक रुपमा जनसंख्या हेर्ने हो भने सानो देखिन्छ । यहाँको जनसङ्ख्या चाँहि जम्मा २३ दशमलब १३ मिलियन छ ।

 

ग्रिस बाहिर सबैभन्दा ठूलो ग्रिक जनसङ्ख्या अष्ट्रेलियाको मेलबर्न र भिक्टोरियामा छ । शहरको ग्रिक एरिया स्वान्सटन र रसेल सडकको बिचलन्स्लेड स्ट्रिटको साथमा केन्द्रित छ । ला ट्रोब र विलियम स्ट्रिटको कुनामा हेलेनिक फाउन्डेसनकासाथै हेलेनिक संग्रहालय पनि छ ।

 

अष्ट्रेलियामा कंगारुको मासु धेरैले खान्छन । यो अष्ट्रेलियाको मासुपसलहरु, सुपरमार्केटहरु र रेष्टुरेन्टको मेनुमा सर्वत्र पाइन्छ । कंगारुको मासु रातो र कम चिल्लो हुने भएकोले यो बिफ र भेडाभन्दा स्वस्थकर मानिन्छ ।

 

अष्ट्रेलियामा करिब २०० भाषाहरु बोलिन्छन जसमध्ये ४५ वटा विभिन्न आदिवासीका भाषाहरु छन् । सबैभन्दा धेरै बोलिनेमा भाषामा इटालियन, ग्रिक, कयान्टोनिज, अरेबिक, भियतनामिज र मान्डारिन हुन् ।

 

आदिवासी अष्ट्रेलियन आदिवासीहरु र टोरेस स्टेर आयल्यान्डर्सहरुको जनसङ्ख्या करिब ३ प्रतिशतमात्रै छ । आदिवासी भाषा नक्साले अष्ट्रेलियाको अफिसियल राज्यहरुभन्दा धेरै नै फरक दृश्य देखाँउछ ।

 

महिलालाई भोटिङ राइट दिने अष्ट्रेलिया संसारकै दोस्रो देश हो जसले सन् १९०२ मै महिलालाई भोटिङ राइट दिएको थियो । यो उपलब्धिलाई ‘वुमन सफ्रेज मुभमेन्ट’ रहेको चिनिन्छ । यो परिर्वतनकारी कामलाई सार्थकरुप दिने काममा लेडी म्यारील एलिजाबेथ विन्डेयर र उनकी छोरी मारगरेट विन्डेयरको अग्रसरता रहेको छ ।

 

अष्ट्रेलियामा पाइने मध्ये ८० प्रतिशतभन्दा बढी प्रजातीका वनस्पति, स्तनधारी प्राणी, सरीसृप र भ्यागुताहरु अन्यत्र कही पाइदैन । धेरै चिनिएका प्रजातीहरु जस्तै कोअलाभालु, कंगारु, डिन्गो, इकिड्ना, प्लेटिपस, वालाबि र वोम्ब्याट लगाएतका जीवहरु अष्ट्रेलियामा मात्रै पाइन्छन् ।

 

एउटा पुरानो भनाइ छ ‘अष्ट्रेलिया धेरै नै विषालु छ’ तर यो कुरा साँचो होइन । उदाहरणको लागि क्विन्सल्यान्डमा पाइने १२० प्रकारका सर्पहरुमध्ये ६५ प्रतिशतमात्रै विषालु छन् । त्यस्तै अष्टेलियामा पाइने सबै माकुराहरु धेरै विषालु छन् भनिन्छ तर खासमा धेरै जसो अष्टेलियन माकुराहरु पनि हानिकारक छैन् ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यो देशमा कोरोना नियन्त्रण गर्न रातभरि ‘कर्फ्यू’ लगाइँदै

  • 12 minutes ago
यो देशमा कोरोना नियन्त्रण गर्न रातभरि ‘कर्फ्यू’ लगाइँदै

एजेन्सी । कोरोना भाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कफ्र्यु घोषणा गरिएको छ ।

आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने

  • 16 minutes ago
आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने

काठमाडौं । सरकारले सङ्क्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेशन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरे

दोहोरो अङ्कले बढ्यो नेप्से

  • 19 minutes ago
दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले बढेको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।