अष्ट्रेलियाको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम प्रतिनिधित्व

Global IME
Mega Bank
Norvic Hospital

क्यानबेरा । अष्ट्रेलियामा मङ्गलबार नयाँ मन्त्रपरिषद् विस्तार गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रपरिषद् विस्तार गरेका हुन् । 

 

लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्‌मा ३० जना मन्त्री भएका छन् । ती मध्ये १३ जना महिला रहेका छन् ।

 

आदिवासी समुदायका महिला मध्ये लिन्दा बर्नी पहिलो मन्त्री बन्नु भएको छ । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् । तर आदिवासी पुरुष भने एक जना मन्त्री यसअघि केन वाईट मन्त्री बनेका थिए । 

 

त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बन्नु भएको छ । 

 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एद हसिक र अन्ना अलीले मुस्लीम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्‌मा सहभागी हुने ऐतिहासिक अवसर पाएका हुन् ।  

 

त्यसैगरी उपप्रधानमन्त्रीको जिम्मेबारी समेत पाएका रिचार्ड मार्लेसले रक्षा मन्त्रालय सम्हाल्नेछन् भने क्लार ओनेइललाई गृह मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

 

उनले मन्त्रिपरिषद्को कोषाध्यक्षमा जिम चाल्मर्स, विदेश मन्त्रीमा पेन्नी वाङ र अर्थमन्त्रीमा काती गाल्लाघारलाई पहिलो दिन नै नियुक्त गरेका थिए । उनीहरु सबैले मे २३ मा नै सपथ लिएका थिए ।

 

मङ्गलबार मन्त्रीमा नियुक्त भएकालाई भने बुधबार सपथ खुवाइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि उनले एकल मन्त्रिपरिषद् गठन गरेका हुन् । देशका पाँच प्रदेशमा अझै पनि विदेशबाट आएका मत गणना भइरहेपनि बहुमत पुर्याउन आवश्यक पर्ने ७६ सिट जितीसकेकाले उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

 

लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रपरिषद् गठन गरिएको हो । लेबर पार्टी यसअघि नौ बर्ष प्रतिपक्षमा रहेको थियो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेलम्ची खानेपानीको मुहान निरीक्षण

  • 6 minutes ago
मेलम्ची खानेपानीको मुहान निरीक्षण

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि

सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल

  • 14 minutes ago
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्

'सबै पक्षसँग कुरा हुन्छ'

  • 17 minutes ago
'सबै पक्षसँग कुरा हुन्छ'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।



पर्यटन

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।