'अष्ट्रेलियाको नागरिकता नभए पनि देश निकाला गर्न नपाइने'

सिड्नी । अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ । 

 

अदालतका न्यायाधीशको ४–३ को निर्णयमा आदिवासी अष्ट्रेलियालीसँग अष्ट्रेलियाको नागरिकता नभए पनि उनीहरुलाई देश निकाला गर्न नपाइने उल्लेख छ । 

 

अदालतले दुई पुरुष – ब्रेन्डन थाम्स र डेनियल लब – को मुद्दाको सुनुवाई गरेको थियो जो विदेशमा जन्मेका थिए तर उनीहरु आदिवासी जनजाति समुदायका रहेको पहिचान गरिएको थियो । 

 

थाम्सलाई ५१० दिन अध्यागमनको थुनामा राखिएको थियो । अदालतले आदेश दिएको केही घण्टापछि थाम्सलाई जेलमुक्त गरिएको थियो । उनका वकील क्लेयर गिब्सले अदालतको आदेशका कारण थाम्सलाई सरकारले देश निकाला गर्न नपाउने बताए । 

 

“ब्रान्डनले पनि अध्यागमनको थुनामा ५०० दिन बिताएका थिए । उनलाई आफू विदेशतर्फ नै निर्वासित हुनुपर्ला भन्ने चिन्ता थियो । मुक्त हुन पाउँदा अदालतलाई धन्यवाद दिएका छन्,” गिब्सले बताए। “उनी आफू रिहा भएकामा अति प्रसन्न छन् र अब परिवारसँग पुनर्मिलन हुन पाउने छन् ।” 

 

कार्यवाहक अध्यागमन मन्त्री एलन टुजले गृह मामिला विभागले यस घटनाबाट प्रभावित हुन सक्ने अन्य मुद्दाको समीक्षा गर्ने बताए । “अदालतले आज एउटा महत्वपूर्ण फैसला सुनाएको छ जुन हाम्रो अध्यागमन कार्यक्रममा प्रभाव पार्नेछ ।”

 

उनले भने, अदालतले “नयाँ वर्गको व्यक्ति” सिर्जना गरेको र त्यस्ता व्यक्ति न अष्ट्रेलियाको नागरिक हो र न गैर–नागरिक नै हो ।

 

सरकारले सन् २०१८ मा शंकास्पद चरित्रका रहेको भन्दै निर्वासित गर्न खोजेको थियो । उनीहरुले हिंस्रक अपराधको लागि जेल सजाय पाएका थिए । अष्ट्रेलियामा बाल्यकालदेखि नै बसोबास गरेका तर नागरिकता प्राप्त नगरेका आदिवासी व्यक्तिलाई देश निकाला गर्ने सरकारको नीतिप्रति धेरैले आलोचना गर्दै आएका थिए । 

 

अदालतको आदेशमा अस्ट्रेलियाली आदिवासी आमाका सन्तान ३१ वर्षीय थाम्सको जन्म न्यूजीलैंडमा भएको र उनी अस्ट्रेलियाली व्यक्ति नै रहेको उल्लेख छ । 

 

थाम्स अष्ट्रेलियामा ६ बर्षको उमेरदेखि नै बसोबास गरिरहेका थिए । उनी गुन्गारी सम्प्रदायका व्यक्ति रहेको र यो सम्प्रदाय अस्ट्रेलियाको आदिवासी समुदायभित्र वर्गीकृत छ । 

 

तर ४० वर्षीय लब भने आदिवासी नरहेको अदालतले ठहर गरेको छ । तर उनी कामिलोरोए सम्प्रदायका सदस्य रहेको अदालतको भनाई छ । उनको जन्म आदिवासी अस्ट्रेलियाली बुबाबाट पपुवा न्यु गिनीमा भएको थियो । उनी ५ वर्षको उमेरदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । 

 

उनका वकीलहरूले लब साँच्चिकै आदिवासी हुन् वा होइनन् भन्ने परीक्षण गरिने बताएका छन् । यो मुद्दाको सुनुवाई पुनः गरिने बताइएको छ । 

 

लब र थाम्स दुवैलाई असम्बन्धित अपराधका लागि अध्यामन हिरासतमा लामो समयदेखि राखिएको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

  • 3 hours ago
कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।

आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरी...

  • 4 hours ago
आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरी...

काठमाडौँ । सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरीलाई आज सम्मान गरिएको छ ।

उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितकोे मृत्यु

  • 4 hours ago
उपचारका क्रममा  एक जना कोरोना सङ्क्रमितकोे मृत्यु

कोहलपुर । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।



पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

राति निन्द्रा परेन, अब यी उपायहरु अपनाउनुहोस्

राति निन्द्रा परेन, अब यी उपायहरु अपनाउनुहोस्

एजेन्सी । दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।