अष्ट्रेलियामा डढेलोका कारण झण्डै ८० हजार कोओला मरे

सिड्नी । अष्ट्रेलियामा लागेको डढेलोका कारण झण्डै ८० हजार कोओला मरेको अधिकारीहरुले दाबी गरेका छन् । 

 

पछिल्लो समय डढेलो झन् अनियन्त्रित भएपछि यसबारे गम्भिर हुन सरकारसँग अधिकारीले अपिल नै गरेको थियो । न्यु साउथ वेल्स र भिक्टोरियामा फैलिएको डढेलोका कारण मानिस उठीबास भएका छन् भने अन्य करोडौँ जनावरहरुले ज्यान नै गुमाएका छन् । 

 

अष्ट्रेलियाको जंगलमा रहेका कतिपय प्रजाति पुर्ण रुपमा हराएको समेत अध्ययनकर्ताले जनाएका छन् । 

 

हाललाई धेरै ठाउँमा डढेलो नियन्त्रणमा आएको भएपनि यसले पुर्याएको असर र ल्याउन सक्ने जोखिम उत्तिकै खतरनाक भएको उनीहरुले बताएका छन् । 

 

सिड्नी विश्वविद्यालयका इकोलोजिस्टका अनुसार सेप्टेम्बर यता झण्डै ४८० मिलियन स्तनधानरी, चरा, रेप्टाइल्सहरुले  ज्यान गुमाएका थिए । यो संख्या झन् ठुलो हुँदै गइरहेको उनले बताएका छन् । न्यु साउथ वेल्स र भिक्टोरियामा कैयौँ मानिसहरुको ज्यान गएको र कैयौँ हराइरहेको बताइएको छ । त्यसबारे पनि एकिन रिपोर्ट बाहिर आउन नसक्नु दुःखको कुरा भएको बताइएको छ । 

 

हजारौँ मानिसहरुलाई सुरक्षित स्थानमा जान सरकारले आग्रह गरे पनि उनीहरुलाई उचित व्यवस्थापनका लागि व्यवस्था नमिलाइएको भन्दै अधिकारीहरुले आलोचना गरेका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 29 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 40 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 1 hour ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।