अष्ट्रेलियाको सिड्नीमा पुनः समुदायस्तरमा कोरोना संक्रमण देखियो

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा पुनः समुदायस्तरमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । लगातार पछिल्लो १२ दिनसम्म समुदायस्तरमा संक्रमण नदेखिएको राज्यमा पछिल्लो २४ घण्टामा समुदायमा रहेका ३ जनामो कोरोना पुष्टि भएको हो ।

 

राज्यको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार राति ८ बजेदेखि भने दक्षिण सिड्नीमा दुई तथा पश्चिम सिड्नीमा एक गरि थप २ जनामा संक्रमण पुष्टि भएको हो ।

 

समुदाय स्तरमा कोरोना देखिएसँगै अक्टोबर २ मा नरेलान टाउनस्थित केमार्टमा साँझ ६ देखि ७ बजे, अक्टोबर ३ मा कार्लिङफोर्ड फिटनेश फस्र्टमामा बिहान ८ बजेदेखि सवा ९ बजेसम्म र अक्टोबर ३ मा पेनरिथ होममेकर सेन्टरमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म गएकाहरुलाई परीक्षण गराउन स्वास्थ्य मन्त्रालयले भनेको छ । त्यस्तै, अक्टोबर ४ मा गुजमन तथा होममा दिउँसो जाने र अक्टोबर ५ मा वेस्टफिल्ड, पारामाता र कासल टावरमा बिहान जानेहरुलाई पनि सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयले अफिल गरेको छ ।

 

राज्यमा पछिल्लो २४ घण्टामा ५ हजार ९७० परीक्षण भएका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कञ्चनपुरमा २ जनाको शव फेला

  • 12 minutes ago
कञ्चनपुरमा २ जनाको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा आज बिहान २ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर

कोरोना सङ्क्रमणबाट एक जना वृद्धको मृत्यु

  • 23 minutes ago
कोरोना सङ्क्रमणबाट एक जना वृद्धको मृत्यु

झापा । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्

तनहुँका सेरावासी टर्कीपालनतर्फ आकर्षित हुँदै

  • 1 hour ago
तनहुँका सेरावासी टर्कीपालनतर्फ आकर्षित हुँदै

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्की



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

आयुर्वेदिक उपचारमा आकर्षण

आयुर्वेदिक उपचारमा आकर्षण

काठमाडौं । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।