एनएसडब्लुमा पछिल्लो १९ दिनयता स्थानीय स्तरमा कोरोना संक्रमित भेटिएनन्

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा स्थानीयस्तरमा कोरोना संक्रमित भेटिएका छैनन् । राज्यमा पछिल्लो १९ दिनयता लगातार स्थानीय स्तरमा संक्रमित फेला नपरेको हो ।

 

एनएसडब्लुको स्वास्थ्य अधिकार डा. जर्मी म्याक अनुल्टीका अनुसार राज्यमा पछिल्लो २४ घण्टामा जम्मा १४ हजार ८८५ परीक्षण भएको थियो । उक्त परीक्षणबाट जम्मा १ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त व्यक्ति होटेल क्वारेन्टिनमा रहेका व्यक्ति रहेका छन् ।

 

डा. म्याक अनुल्टीले भनेका छन्, ‘एनएसडब्लुमा लगातार १९ दिनसम्म स्थानीयस्तरमा कोरोना संक्रमित भेटिएका छैनन् । यसलाई हामी पूर्ण रुपमा निमुर्ल पार्ने क्रममा छौं ।’

 

बुधबार राज्यमा जम्मा १६ हजार २९१ परीक्षण भएको थियो ।

 

राज्यले कुनै व्यक्तिमा कोरोनाको संक्रमणको लक्ष्यण देखिएमा तुरुन्तै जाँच गराउन भनेको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित

  • 2 minutes ago
'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २-० गोलले पराजित गर्न सफल भएको छ ।

म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो

  • 8 minutes ago
म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहमलाई २१ गोलले पराजित गर्न सफल भएको छ । फुलहमको घरेलु मैदानमा भएको खेलमा म्यानुले सानदार कमव्याक गर्दै जित हात पारेको हो ।

थाहा पाउनुहोस् आज दिनभरको मौसम कस्तो रहन्छ

  • 17 minutes ago
थाहा पाउनुहोस् आज दिनभरको मौसम कस्तो रहन्छ

काठमाडौँ । हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।