अष्ट्रेलियामा विमान दुर्घटना, तीन जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा भएको विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । एनएसडब्लु राज्यमा लागेको डढेलो नियन्त्रणको लागि उडेको आरएफएर हवाई ट्याङ्कर दुर्घटना भएको हो । 

 

एनएसडब्लु रुरल फायर सर्भिससँग सी–१३० हरक्युल्स स्थानीय समयअनुसार दिउँसो १ः३० बजेबाट सम्पर्कबिहिन भएको थियो । उक्त विमान सोइ पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बुझिएको छ । 

उक्त विमानलाई रुरल फायर सर्भिस (आरएफएस)ले डढेलो नियन्त्रणको लागि भाडामा लिएको थियो ।

 

घटनाको बारेमा आरएफएसका कमिस्नर सेन फिट्जिमोन्सले घटना भिजिविलिटी नभएको कारण घटेको हुनसक्ने बताएका छन् । उनले भने ‘दुखका साथ भन्नुपर्छ विमानमा रहेका तीन जनाकै निधन भएको छ ।’

 

उक्त विमानले १५ हजार लिटर पानी बोक्ने क्षमता राख्थ्यो ।

 

डढेलोकै कारण अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित विमानस्थल बन्द भएको छ । बिहीबारको तापक्रम अत्यधिक भएपछि डढेलो फैलदै विमानस्थल नजिकै आएपछि उडान तथा अवतरण रद्द भएको हो । अधिकारीहरुका अनुसार दक्षिण र पूर्वका क्षेत्रहरूमा फेरि डढेलो फैलिएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 35 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 1 hour ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 1 hour ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।